
Rgp
Ggp
Rgp
Rgp
ksb
Lks
Lnp
Dus
Usb
Rgp
Asb
Sgp
Jns
Ggp
lnp

lms

दाङ । घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारणसभा आज शनिवार घोराहीमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेड दाङका अध्यक्ष हेमराज गौतमले कलश सहकारी राज्यले पालना गर्नुपर्ने भनी तय गरेका अधिकाम्स मापदण्ड र शर्त पुरा गरेको भन्दै प्रसम्सा गरे । कलश सहकारीले जिल्लामै उदाहरणीय कार्य गरेको भन्दै गौतमले संस्थाले अघी सारेका योजनालाई अझ प्रभावकारी बढाउन सुझाव दिए ।
कार्यक्रमका अर्का प्रशिक्षक जिल्ला बचत संघका सचिव रामकृष्ण आचार्यले शेयर सदस्यको सानोसानो बचतलाई संकलन गरेर दिर्घकालिन योजना अनुसार संस्थाले काम गरिरहेकोमा खुशी ब्यक्त गरे । कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष एंव सल्लाहकार बालचन्द्र शर्माले संस्थाको स्थापनादेखि हालसम्म संस्थाले गरेको काम,योजना र भावी रणनितिका बारेमा जानकारी गराएका थिए ।
बिगतमा बिषम परिस्थितमा पनि कलश सहकारीले आफूलाई जोगाउदै हालसम्म ल्याएको भन्दै शर्माले आगामी दिनमा संस्थालाई एक अब्बल संस्था बनाउने गरी दिर्घकालिन रणनैतिक कार्यक्रम अनुसार अघी बढेको बताए । कार्यक्रमका अतिथि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले युवाहरुको नेतृत्वमा योजनाका साथ अघी बढेको कलश सहकारीले आफूलाई सञ्चारमैत्री संस्थाका रुपमा स्थापित गरेको बताए । कार्यक्रममा बाल बचत कर्ता रक्षा शर्माले संस्थाले गरिरहेको बाल बचत कार्यक्रमले आफू जस्ता बालबालिकालाई बचत गर्न सिकाएको बताए ।
साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव विमल योगीले २०६५ सालमा स्थापना भएको सहकारी संस्थाबाट बचत तथा ऋण संकल र परिचालनसंगै सहकारी पसल मार्फत सदस्य र उपभोक्तालाई सेवा दिइरहेको जानकारी दिए । स्थापनाकालमा २५ जनाबाट सुरुवात गरिएको सहकारी संस्थामा हाल १४ सय २० जना शेयर सदस्य र चार सय २० जना बाल सदस्य रहेको उनले जानकारी दिए । संस्थाले समाजसंग जोडिन र सदस्यलाई सक्रिय बनाउन शिक्षा उपसमिति मार्फत सहकारी शिक्षा कार्यक्रम सञ्चालन गर्नुका साथै बिभिन्न बिद्यालयमा विपन्न विद्यार्थीलाई पढाइमा सहयोग पुर्याउन अक्ष्यकोषको स्थापना समेत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नवराज भण्डारीले संस्थाले गत आ.व.२०८१÷०८२ मा एक अर्व ४९ करोड ४७ लाख एक हजार आठ सय १५ रुपैयाको आर्थिक कारोवार भएको जानकारी दिए । जसमा कुल आम्दानी एक करोड ४४ लाख ९० हजार आठ सय ९५ रुपैया र खर्च तर्फ एक करोड ९ लाख ७८ हजार एक सय ४७ रुपैया खर्च भई ४८ लाख ७६ हजार ९ सय ५१ रुपैया आयकरअघि खुद आम्दानी भएको उनले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष चन्द्रावती पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा उत्कृष्ट बचतकर्ता राधा न्यौपाने,उत्कृष्ट ऋण कारोवार गर्ने रुपलाल चौधरी,धेरै शेयर सदस्यता बृद्धि गर्ने हेमराज शर्मा,जेष्ठ शेयर सदस्यहरु ओमप्रसाद पौडेल,हुतादेवि अधिकारी,सहकारी बजार परियोजनामा उत्कृष्ट कारोवार गर्ने भान बहादुर खड्का,संरक्षित पूँजि फिर्ता कोषको रकम सवै भन्दा धेरै प्राप्त गर्ने दिनेश गौतम र उत्कृष्ट बाल बचतकर्ता कृजल रावतलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै संस्थामा बाल बचत गरिरहेका मध्ये २०८१ सालको एस.ई.ई.मा उत्कृष्ट चार जि.पि.ए.ल्याउने बाल सदस्यहरु सक्षम अधिकारी,सविन भूसाल र रक्षा शर्मा तथा उत्कृष्ट जिपिए ल्याउने भिजन केसी, सिमरन योगी,रुपम पौडेल,जोसना पोख्रेल,नीति शर्मा,कुन्दन केसी,आशिका रोका,विवेक पोख्रेल, पृतम पोख्रेल,आर्यन पाण्डेय,प्रजित पौडेल,स्वर्णिमा पुन,विश्वास वली र सीता पौडेललाई सम्मान गरिएको थियो । सो अवसरमा संस्थाको १८ औै स्थापना दिवसको अवसरमा रक्तदान गर्नेहरु निवेश खनाल, प्रकाश अधिकारी,चेतनाथ पाण्डये,शालिकराम खनाल,तेज बहादुर रावत,दामोदर पौडेल,शरद चौधरी,युवराज थपलिया,गायत्रा खनाल,कमल थपलिया,लक्ष्मण शर्मा,श्रीकान्त अधिकारी,संतोष केसी,टिकाराम पौडेलजीवन महरा,प्रविण पन्थि,प्रकाश गुप्ता,ईश्वरी प्रसाद आचार्य,बिक्रम अधिकारी,काशिराम पाण्डेय,कोमलराज पाण्डेय,सरिता बुढाथोकी,धुव्रराज पौडेल,चन्द्रप्रभा पुन मगर,केशव खड्का,सरोज आचार्य र गेहेन्द्र वस्नेतलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक हरिहर आचार्य र ऋण उपसमिति संयोजक इश्वरी प्रसाद आचार्यले आफ्नो बिषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा जनज्योति विद्यामन्दिर घोराहीकी छात्रा जलजला डाँगी, ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराहीका छात्राहरु रोजिला वली,सम्युष्ता पाण्डेय र सिजल अधिकारीले एकल एंव सामुहिक नृत्य प्रस्तुत गरेका थिए । साधारणसभामा उपस्थितलाई सञ्चालक शालिकराम खनालले धन्यवाद दिएका थिए भने कार्यक्रमको सहजिकरण सचिव बिमल योगीले गरेका थिए ।
