
Gfs
Lnp
cjs
Srbpu
Rgp
pku
Unsku
Djs
sbs
Pes
Rgp1
Sgr
Ggp
Pbu

Rgs
nsb
Pvg
Bbbpu
Hal
Bbu
Rsb
Rgu
Tsm
Ssm
Sbs
Asm
Vor
Ksm
Gst
Rgu
Sls
Ggd
Wsp

Jmb
Abd
sab
Syp
Bml
Gsb
Rpp
Pls
Ptm
Rmb
bbt
Mks
Jmb
काठमाडौं । समाचारको विषयलाई लिएर पत्रकार टेकमान शाक्यलाई नेकपा एमालेका नेता महेश बस्नेतले दिएको धम्कीप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । शनिबार महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा पत्रकारलाई धम्की दिने यस घटनाका महासंघले निन्दा र भर्त्सना गर्ने उल्लेख छ ।
त्यस्तै समाचारको विषयलाई लिएर महेश बस्नेत र उनको नाम लिएर अन्य केही व्यक्तिले बारम्बार ज्यानै लिनेसम्मका धम्की दिएको पत्रकार शाक्यले बताएका छन् । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादक शाक्यलाई शुक्रबार विहानदेखि बस्नेत र उनको समूहले फोन र म्यासेजमार्फत् धम्की दिएको थियो ।
यस्तै बस्नेत स्वयं र उनका सहयोगी व्यक्तिले आतंकित पार्ने र त्रसित बनाउने गरी धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको महासंघले विज्ञप्तिमा जनाएको छ । घटनाबारे महासंघ प्रतिष्ठान प्रदेश समितिले पनि विज्ञप्ति जारी गरिसकेको छ । ‘समाचारको विषयलाई लिएर नेप्लिज टाइम्स डटकमका सम्पादक शाक्यलाई बारम्बार धम्की आएको महासंघ प्रतिष्ठान प्रदेश समितिले जनाएको छ । यो घटनाको महासंघ निन्दा र भर्त्सना गर्दछ । पत्रकार महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समाचारप्रति असहमति भए विधिसम्मत आफ्ना कुरा राख्न सकिने भन्दै महासंघले पत्रकारलाई धम्की दिएर प्रेस स्वतन्त्रता हनन नगर्न सम्बद्ध व्यक्तिहरूलाई सचेत गराएको छ । साथै, पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरूलाई कानुनी कारबाही गर्न सम्बद्ध निकायसँग माग गर्दछ ।’ महासंघले विज्ञप्तीमा भनेको छ ।
