
Rgp
Sgr
Pes
Djs
sbs
Unsku
Lnp
Gfs
Srbpu
Rgp1
Pbu
Ggp
pku
cjs

Pvg
Gst
nsb
Tsm
Rsb
Ssm
Hal
Rgs
Rgu
Ggd
Ksm
Bbbpu
Sls
Bbu
Wsp
Sbs
Asm
Rgu
Vor

Mks
Jmb
bbt
Rmb
sab
Jmb
Ptm
Gsb
Bml
Syp
Abd
Rpp
Pls
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार फर्किएका छन् । सहकारी ठगी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सुरक्षाको कारण देखाउँदै नख्खु कारागारबाट बाहिर निस्किएका थिए ।
अदालतको आदेशबिनै परिस्थितिको फाइदा उठाउँदै बाहिर निस्किएको भन्दै लामिछानेको आलोचना भएको थियो । सामाजिक सञ्जालमा शनिबार एक भिडियो सन्देश जारी गर्दै लामिछानेले आफू आफ्नो जन्मदिनको सन्दर्भ पारेर कारागार फर्किन लागेको बताएका थिए । ‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साँधेर मेरो जिना हराम गरेको थियो । आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ । अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु,’ लामिछानेले भनेका छन् ।
शनिबार लामिछाने नख्खु कारागार फर्कि सकेको ललितपुर प्रहरी प्रवक्ता चक्रराज जोशीले अनलाइनखबरलाई जानकारी दिए । लामिछानेले आफू प्रक्रिया पूरा गरेर निस्किएको दाबी गर्दै कारागार प्रशासक सत्यराज जोशीद्वारा हस्ताक्षरित रिहाइ पत्र सार्वजनिक गरेका थिए । तर,नख्खु कारागार प्रशासनले लामिछानेले सार्वजनिक गरेको उक्त पत्र फर्जी भन्दै उनीसहित भागेका सबै कैदीबन्दीलाई तत्काल फर्किन भनेको थियो ।अनलाइनखबर
