
Ssb
Ksb
Tgp
Rks
Ksb
Csb
Ksb
Gsb
Rsb
Usb
Ssb
Bsn
Nsb
Ppu

Tsb
Gsb
Hl1
Ssb
Usb

Nps
Rgu
ptl
बुटवल । जेनजी पुस्ताका युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।
पूर्वप्रतिनिधिसभा सदस्य एवं काङ्ग्रेस सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ मार्फत जाहेरी दिएका हुन् ।
जाहेरीमा गोली चलाउन आदेश ओलीले नै दिएको आरोप समेत लगाइएको छ । जाहेरीअनुसार सो घटनामा १७ देखि ४५ वर्ष उमेर समूहका एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको र धेरैजना घाइते भएको उल्लेख छ ।
त्यस्तै मृत्यु भएका युवामध्ये सुलभ राज श्रेष्ठ, यम चौलागाईं,बुद्धि तामाङ,मिसल सारु मगर,पारुहाङ उतमल राई, योगेन्द्र न्यौपाने,विनोद महर्जन,दिल नारायण तामाङ, प्रविन कुलुङ,उमेश महत,निता गौतम,शौरभ किशोर श्रेष्ठ,सुवास बोहोरा र निरज पन्त लगायतको नाम समावेश गरिएको छ ।
यस्तै जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने जानकारी दिएका छन् ।अनलाइनखबर

