
Gsl
Pbu
Bs1


दाङ । नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले जेनजीद्वारा तोडफोड र आगजनी भएको क्षेत्रीय पार्टी कार्यालयलाई शनिबार निरीक्षण गरेको छ ।
यहीँ भदौ २४ गते जेनजीहरुले गरेको आन्दोलनका क्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालय लमही रातो डाँडामा तोडफोड र आगजनी भएको थियो ।
दुई तल्ले रहेकोे सो पार्टी कार्यालयको झ्यालमा लगाइएको सिसाहरु सबै फुटेको तथा ढोकाका पल्ला,र्यालिङहरु समेत टुट्फुट हुनुका साथै क्षेत्रीय सभापति बस्ने कोठामा राखिएका सोफा,कुर्सी, टेबुल,दराज एवम् महत्त्वपूर्ण कागजपत्रहरु सबै जलेर नष्ट भएर १८ लाखको क्षति भएको लमही नगर सभापति सन्तोष बुढाथोकीले जानकारी दिए ।
पार्टी कार्यालयको अवस्था हेर्न र बुझ्नका लागि आज बिहान नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत,गिरिजादेवी न्यौपाने, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने,घनश्याम सुवेदी, लमही नगर सभापति सन्तोष बुढाथोकी,जंग बहादुर चौधरीले स्थलगतले निरीक्षण गरेका हुन् ।
त्यस्तै अहिले छेतबिछेत रहेको पार्टी कार्यालयमा सरसफाइ कार्य र पार्टीको झण्डा राख्ने कार्य भएको छ भने तत्काल क्षेत्रीय प्रतिनिधिको बैठक बसेर पार्टी कार्यालयको मर्मत बारेमा निर्णय अघि बढाउने सभापति बुढाथोकीले जानकारी दिए ।

