शनिबार, भाद्र २७, २०८२

दाङ । नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले जेनजीद्वारा तोडफोड र आगजनी भएको क्षेत्रीय पार्टी कार्यालयलाई शनिबार निरीक्षण गरेको छ ।

यहीँ भदौ २४ गते जेनजीहरुले गरेको आन्दोलनका क्रममा नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय पार्टी कार्यालय लमही रातो डाँडामा तोडफोड र आगजनी भएको थियो ।

दुई तल्ले रहेकोे सो पार्टी कार्यालयको झ्यालमा लगाइएको सिसाहरु सबै फुटेको तथा ढोकाका पल्ला,र्‍यालिङहरु समेत टुट्फुट हुनुका साथै क्षेत्रीय सभापति बस्ने कोठामा राखिएका सोफा,कुर्सी, टेबुल,दराज एवम् महत्त्वपूर्ण कागजपत्रहरु सबै जलेर नष्ट भएर १८ लाखको क्षति भएको लमही नगर सभापति सन्तोष बुढाथोकीले जानकारी दिए ।

पार्टी कार्यालयको अवस्था हेर्न र बुझ्नका लागि आज बिहान नेपाली काङ्ग्रेसका महासमिति सदस्य जानकीलाल बस्नेत,गिरिजादेवी न्यौपाने, महाधिवेशन प्रतिनिधि मधु न्यौपाने,घनश्याम सुवेदी, लमही नगर सभापति सन्तोष बुढाथोकी,जंग बहादुर चौधरीले स्थलगतले निरीक्षण गरेका हुन् ।त्यस्तै अहिले छेतबिछेत रहेको पार्टी कार्यालयमा सरसफाइ कार्य र पार्टीको झण्डा राख्ने कार्य भएको छ भने तत्काल क्षेत्रीय प्रतिनिधिको बैठक बसेर पार्टी कार्यालयको मर्मत बारेमा निर्णय अघि बढाउने सभापति बुढाथोकीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]