Sidha Patra शुक्रबार, भाद्र २७, २०८२

धनगढी । बझाङको तल्कोट गाउँपालिकामा शुक्रबार आज बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार, बिहान करिब ४ बजे दाँतोलाबाट खौला बजारका लागि छुटेको सु.प.प्र ०१००२ त ४८३० नम्बरको ट्याक्टर तल्कोट गाउँपालिका वडा नम्बर ५ को भक्तपुर भन्ने स्थानमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

त्यस्तै दुर्घटनामा तल्कोट गाउँपालिका – ४, उपरकोटका विकास सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खगेन्द्र धमालाले बताए । दुर्घटनामा परी तल्कोट-४ का ३० वर्षीय खगेन्द्र खत्री,सोही वडाका भूपेन्द्र सिंह र अभिषेक सिंह तथा वडा नम्बर ५ का लोकेश मल्ल घाइते भएका छन् ।

घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । यस्तै दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]