टेकबहादुर पुन/जिल्ला ब्युरो आइतबार, भाद्र २२, २०८२

दाङ । देउखुरी क्षेत्रमा बालबालिकाको नृत्य प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको देउखुरी डान्सिङ स्टार सिजन–६ शनिबार भव्यतापूर्वक लमहीमा सम्पन्न भएको छ ।

अडिसनदेखि फाइनलसम्मका विभिन्न चरण पार गर्दै अन्ततःविजेता घोषणा गरिएको हो । यो प्रतियोगिता अडिसन राउण्डबाट सुरु भएको थियो । अडिसनमा मात्र देउखुरीका विभिन्न विद्यालयका २२५ जना विद्यार्थीले आफ्नो प्रतिभा देखाएका थिए । प्रारम्भिक चरणपछि छानिएका प्रतियोगीहरु क्रमशः मेघा राउण्ड, एक्स्ट्रा राउण्ड र सेमिफाइनल हुँदै ग्राण्ड फाइनलसम्म पुगेका थिए ।

अन्तिममा २० जना प्रतियोगीले ग्राण्ड फाइनलमा प्रवेश गरेका थिए । ग्राण्ड फाइनलमा उत्कृष्ट प्रस्तुति दिएका मध्ये एलिना बुढा (देउखुरी पब्लिक स्कुल देउपुर) पहिलो भएकी छिन् । उनले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । दोस्रो स्थानमा दिपशिका परियार (नव प्रतिभा आधारभूत विद्यालय, पाखापानी) भईन । उनले ३० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाइन् । तेस्रो स्थानमा सिमरण जिएम (स्रिन भ्याली पब्लिक स्कुल, मौरीघाट) भईन । उनले २० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । त्यस्तै स्मिता कुमाल (आदर्श उमाबि देउपुर) चौथो स्थानमा र सन्दिप्त ओली (गोरखा मोडेल) पाँचौ स्थान हाँसिल गर्न सफल भए । विशेष अनुशासन पुरस्कार भने जेनिक्षा पुन (पब्लिक एजुकेशन एकेडेमी, लालमटिया) लाई प्रदान गरिएको थियो । प्रतियोगितामा निर्णायकको जिम्मेवारीमा लुम्बिनी प्रदेश नृत्य निर्देशक संघका अध्यक्ष लोकेन्द्र शाह र डान्स क्रोयोग्राफर अञ्जु खड्काले थिए ।

देउखुरी डान्सिङ स्टार सिजन-६ का कार्यक्रम संयोजक राजेश डाँगीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री मेटमणी चौधरीको प्रमुख आतिथ्यता एबम् देउखुरी उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष शारदा सुवेदी र गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम बसेलको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री मेटमणी चौधरीले नृत्य प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्न ठूलो भूमिका खेल्ने उल्लेख गर्दै निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले भने, “स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमहरुले राष्ट्रिय स्तरसम्म पुग्ने बाटो खोल्छन् ।” उनले प्रतियोगिताले बालबालिकामा आत्मविश्वास र सिर्जनशीलता बढाएको भन्दै आयोजकलाई धन्यवाद समेत दिए । फाइनल चरणमा प्रस्तुत गरिएका नृत्यहरुले निर्णायक मात्र होइन, उपस्थित सबै दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए । नृत्य मार्फत प्रतिष्प्रधीले समाजमा घट्ने घटनालाई यथार्थ चित्रण गरेका थिए ।

देउखुरी क्षेत्रमा निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता कला, संस्कृति र प्रतिभाको पहिचानमा महत्वपूर्ण मानिन्छ । आयोजकहरुले पनि प्रतियोगिताले आफ्नो उद्देश्य सफलतापूर्वक पूरा गरेको बताएका छन् । यसरी, उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको देउखुरी डान्सिङ स्टार सिजन–६ ले विजेता मात्रै होइन, सबै सहभागीलाई नृत्य क्षेत्रमा अझै प्रोत्साहित गरेको छ । आयोजक डी–टु कला केन्द्रका अध्यक्ष दिपक बर्माले कार्यक्रमको सहजिकरण गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]