
Rbs
Sds
mbd
Pbu
Mbdvs
Gisld

Asm
Ksm
Gst
Wsp
Rgu
Pvg
Ssm
Rgu
nsb
Bbbpu
Sbs
Tsm
Rgs
Ggd
Bbu
Rsb
Sls
Hal
Vor

Jmb
Gsb
bbt
Ptm
Syp
Jmb
sab
Rmb
Pls
Abd
Mks
Bml
Rpp
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका,३ गोलपार्क,बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गर्नु भएको छ । लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल,मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।
यस्तै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ भन्दै आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग पुग्ने बताउनु भएको छ । कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस भन्ने आफ्नो शुभकामना रहेको उहाँले बताउनु भयो ।
उहाँले बुटवलको जनसंख्या,भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्ने बताउनु भयो । आयोजनाका निर्माणकर्ताहरुले आयोजना एकवर्ष भित्र सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै यसका लागि जेजस्तो सहयोग चाहिन्छ सरकारले पुरा गर्ने बताए । उनले बुटवल ज्ञानमूभि,ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक,ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुर्याउने अपेक्षा व्यक्त गर्नु भएको छ ।
त्यसैगरी अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबिचमा लुम्बिनी केबलकार रोलमोडल बन्ने बताउनु भयो । मुख्यमन्त्री शंकर पोखरेलले विकास सबैका लागि हो,यो आयोजनाबाट लुम्बिनी प्रदेशका हामी सबै खुशी रहेको बताउनु भयो ।
यस्तै लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरु गरेको बताउनु भयो ।
त्यस्तै उहाँले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदन शिलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
मलाई लाग्छ यस्ता संरचनाहरु राष्ट्रका एवं स्थानीय नागरिकका आफ्नै सम्पत्ति हुन् । छोटै समयमा आज चन्द्रागिरि केबलकार काठमाडौँ बासीको मात्र नभएर नेपाल भ्रमणमा आउने विदेशी विशिष्ट व्यक्तित्व हरुको पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको कुरा यहाँहरु सबैलाई अवगत नै छ । यसले देशको अर्थतन्त्रका साथै स्थानीयको जीवनस्तर उकास्न पनि उत्तिकै योगदान गरको छ,उहाँले भन्नु भयो ।
त्यस्तै राज्य निजी क्षेत्र साझेदारीको उत्कृष्ट नमूना हामीले मलेसियालाई लिन सक्छौं भन्दै ढकालले यदि राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना,कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने बताउनु भएको हो ।
उहाँले नेपालमा पनि लगानीका लागि तीनवटै तह सरकारको तर्फबाट निजी क्षेत्रलाई सहजीकरण गरिदिने र राज्य–निजी क्षेत्र साझेदारिताको नेपाल सरकारको नीतिलाई ठोसरुपमा व्यवहारमा उतार्ने हो भने यहाँ पनि लगानीको वातावरण बन्न गई छोटो समयमा विकासको राष्ट्रिय लक्ष्य प्राप्त हुने बताउनु भयो ।
आयोजनाका संस्थापक सदस्य रमेश शर्माले लामो समयको प्रतिक्षापछि आयोजनाले गति लिएकोमा खुशी व्यक्त गर्दै आयोजना समयमै पुरा गर्ने बताउनु भयो ।
