
Rbs
Mbdvs
Gisld
Sds
mbd
Pbu

Bbbpu
Pvg
Sls
Hal
Gst
Rsb
nsb
Bbu
Ssm
Asm
Sbs
Vor
Rgu
Tsm
Ggd
Rgs
Wsp
Ksm
Rgu

bbt
Mks
Abd
Rmb
Pls
sab
Jmb
Syp
Bml
Jmb
Rpp
Gsb
Ptm
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित माध्यामिक विद्यालय सिक्टामा अध्ययापन गराउने निजि स्रोतका शिक्षक हेमराज विकले विद्यार्थी माथि निर्घात कुटपिट गरेका छन ।
केही दिन अघि कक्षा दशमा अध्ययरत छात्र तथा छात्राहरुलाई परिक्षामा थोरै नम्बर लिएको भन्दै पाइपको लट्ठीले कुटपिट गरेको पिडित छात्राहरुको भनाइ छ । त्यस्तै शिक्षाक विकको कुटाईको पिडा सहन नसकेर एक जना छात्राले औषधि सेवन समेत गरेको बुझिएको छ । यस्तै लमही नगरपालिका वडा नम्बर ९ तेलिया बस्ने सर्मिला कुमालले शिक्षकले हिर्काएको चोटका कारण उठ्न बस्न गाह्रो भएपछी दवाई गर भनेर लमहीको पानस मेडिकलमा पठाएको उनका बाबु परदेसी कुमालले भन्नु भयो । छोरीलाई यसरी कुटपिट गर्दा विद्यालयमा गएर किन बुझ्नु भएन भन्दा उल्टै फसाउलान कि भन्ने डरले केहि बोल्न सकिएन कुटाई खाने मध्यकी सर्मिलाका बुवा परदेशी कुमालले भन्नु भयो ।
करिब दुई हप्ता अघि माध्यामिक विद्यालयमा पढाउने शिक्षक विकले आफुले पढाउने गणित बिषयमा थोरै नम्बर किन लिएको भन्दै प्लाष्टिकको पाइपले हिर्काउन शुरु गरेको कक्षा दशकी छात्रा सोमा कुमाले भनिन । परिक्षामा जिरो नम्बर लिने को—को हो यता आइजा भन्दै बोलाउदै कम्मर देखि मुनि सके जति बल प्रयोग गरेर हान्नु भयो छात्रा कुमालले भनिन । त्यो दिन सरले हानेको सम्झिंदा आज पनि झस्किने बनाउछ कुमालले भनिन ।
यस्तै ट्युसन पढ्ने भएको कारण राप्ती पारिको गाउँ तिर कोठा लिएर छोरीलाई बसालेको थिए,मास्टरले त्यसरी पिटेको हामीलाई थाह थिएन छोरी घर आएर भनेपछि मात्र थाह भयो छात्रा सोमा कुमालका बुवा नरेश कुमालले भन्नु भयो । मेरो छोरीको कम्मर देखि मुनि निल डाम छ । उठाउन बसाउन गाह्रो छ बुवा नरेशले भन्नु भयो । ज्ञानगुनका कुरा सिकाउन पठाएको होकी कुटाई खान पठाएका हौ हामीले छोराछोरीलाई यो जवाफ विद्यालयले दिनु पर्छ उहाँले भन्नु भयो । हाम्रा छोराछोरी माथि निर्ममता पुर्वक कुटपिट गर्ने शिक्षकलाई हदै सम्मको कारबाही हुनु पर्दछ नरेशले आक्रोश पोख्नु भयो ।
त्यस्तै कक्षा कोठामा प्रवेश गर्दा नै शिक्षक हेमराज आक्रामक शैलीमा जाने गरेको कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुको भनाई छ । छात्राहरुलाई तलाई महिनावारी भएको छ कि छैन भनेर सोध्ने, भएका जतिलाई कम हान्ने र नभएकालाई बेस्सरी हिर्काउने गरेको पिडित विद्यार्थीहरुले बताए । ति शिक्षकले कुन मनसायले महिनावारी भएको सोधे हामीलाई थाह छैन कक्षा दशकी छात्रा सोमाले भनिन । यस्तै विद्यालय शान्ति क्षेत्र हो,बाल मैत्री विद्यालय र बालमैत्री शिक्षा प्रदान गर्ने सरकारको लक्ष्य रहेको छ । सर्बोच्च अदालतले २०६३ सालमा विद्यार्थीलाई कुटपिट गर्नु अपराध ठहर गर्दै कुटपिट गर्न नपाईने भनेर फैसला गरेको पुर्व जिल्ला शिक्षा अधिकारी तथा शिक्षा विद् जागेश्वर शर्मा घिमिरेले बताउनु भयो ।
कुटपिट गर्ने शिक्षकको भनाई
त्यस्तै यता कुटपिट गर्ने शिक्षक हेमराज विकले भनेको नमान्दा र परिक्षामा राम्रो नम्बर लिन नसकेका कारण सामान्य कुटपिट गरेको प्रतिक्रिया दिनु भयो । सामान्य कुटपिट गर्दा पनि कसैले आफुलाई फसाउन लागेको बताउनु भयो । विद्यार्थीलाई कुटपिट गरेको सुचना अभिभावकले थाहा पाएपछि र विद्यालयमा गुनासो आएपछि आफुले कुट्न छोडेको शिक्षक विकले जानकारी दिनु भएको हो ।
कानुनमा प्राबधान के छ ?
कानुनी रूपमै विद्यार्थीलाई पिट्नु बालबालिका विरुद्धको हिंसा हो । संविधानको धारा ३९ ले ‘बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाइने छैन’ भनेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ ले घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमयार्दित व्यवहार गर्ने र शारीरिक असर वा चोट पु¥याउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्ष कैद सजाय तोकेको छ ।
त्यस्तै पछिल्लो समय सो विद्यालय निकै विवादित देखिएको छ । कहिले शिक्षिका माथि हातपात, कहिले प्रधानाध्यापक बन्ने होडबाजी त कहिले विद्यार्थी कुटपिट,यस्तै अहिले विद्यार्थी कुटपिट गरेका कारण माध्यामिक विद्यालय सिक्टा विवादित बनेको छ ।
