दाङ । जातिय समता समाज राजपुर गाउँपालिकाको पालिका स्तरीय कार्यकर्ता भेला शुक्रबार सम्पन्न भएको छ । जातीय समता समाजका दाङ जिल्ला सदस्य तथा राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वार्ड नं ४ का अध्यक्ष राज कुमार विश्वकर्मा (कमल) को अध्यक्षता तथा अखिल छैठौं राजपुर समितिका अध्यक्ष संगीता विश्वकर्माको सञ्चालन र गणेश नेपालीको स्वागत मन्तव्यबाट सुरुभएको भेलालाई प्रमुख अतिथि जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष टीका बहादुर विकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
सोही भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य राम फकिरे रैदास, राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको सल्लाकार ललि सर्किनि, वीरबहादुर, मनसरी बिक, धनमाया बिक, अमृता नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै भेलाले राजकुमार विश्वकर्माको अध्यक्षतामा अठार (१८) सदस्य पालिका स्तरीय कमिटी गठन भएको छ । जसको उपाध्यक्ष वीरबहादुर बिक, सचिव संगीता विश्वकर्मा,कोषाध्यक्ष राम फकिरे रैदास सदस्यहरुमा पवित्रा बिक, फागुनि परियार, अमृता नेपाली,धन माया विश्वकर्मा,ललि सर्कीनी, मन्सरी बिक,टीका बिक,जुन कुमार बिक चयन हुनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
त्यसैगरी सल्लाकारमा गणेश नेपाली,करण बिक, राजकुमार सार्की,गंगाराम बिक रहनुभएको छ भने एक स्थान रिक्त राखिएको अखिल छैठौं राजपुर एरिया कमिटी अध्यक्ष तथा जातीय समता समाज राजपुर सचिव संगीता विश्वकर्माले जानकारी गराउनु भएको हो ।