
Rgp1
Djs
cjs
Ses
Gfs
pku
Lnp
Pes
Srbpu
Sgr
Unsku
Pbu
Rgp
Ggp

Vor
Gst
Ggd
Rsb
Rgu
Bbbpu
Sls
nsb
Wsp
Sbs
Rgs
Rgu
Bbu
Ksm
Tsm
Hal
Asm
Ssm
Pvg

Mks
bbt
Jmb
Rpp
Syp
sab
Jmb
Ptm
Gsb
Pls
Bml
Rmb
Abd
बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङमा तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ ।
यस अघिका स्थापना दिवस अस्थायी मुकाम बुटवलमा मनाउने गरिएको थियो । फागुन २ गतेदेखि ४ गतेसम्म मनाउने स्थापना दिवसको मूल समारोह दाङमा गर्ने गरी तयारीका काम भएका प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
जसअनुसार मूल समारोह फागुन ३ गते प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को राप्ती प्राविधिक शिक्षालय परिसरमा हुने भएको छ । मूल समारोहमा प्रदेश प्रमुख,मुख्यमन्त्री,सभामुख, प्रदेशका मन्त्रीहरु,उपसभामुख,प्रदेशका सांसदहरु लगायतको सहभागिता रहने भएको छ ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी तयारीका बारेमा जानकारी दिदै मन्त्रालयका सचिव रविलाल पन्थले फागुन २ गते समृद्ध प्रदेश खुशी जनता शीर्षकमा प्रदेश स्तरीय कविता प्रतियोगिता हुने बताउनु भयो ।
त्यस्तै प्रदेश राजधानी र जिल्ला सदरमुकामहरुमा रक्तदान,२ गते नै सबै मन्त्रालय,कार्यालय,राप्ती उपत्यका (देउखुरी),जिल्ला सदरमुकाम र सबै स्थानिय तहहरुमा सरसफाइ कार्यक्रम गरिने पनि पन्थले बताउनु भयो । त्यस्तै २ गते नै प्रदेशस्थित सबै सरकारी,सामुदायिक संघसंस्था,वित्तीय संघसंस्थाहरुको कार्यालयमा दिपावली गरिने छ ।
यसैगरी ४ गते प्रदेशभित्रको कुनै एक क्षेत्रभित्र हिउँदे फलफुलका विरुवा रोप्ने कार्यक्रम समेत तय भएको छ । स्थापना दिवस मूल समारोहमा प्रदेश सरकारले वितरण गर्दै आएको विभिन्न पदक पनि प्रदान गरिने मन्त्रालयले जनाएको छ ।
