श्रावण बस्नेत शुक्रबार, माघ ३०, २०७७

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ जखेरा चाेकदेखि झन्डै तीन सय मिटर उत्तर तर्फ जखेरा फर्म हाउस छ । उक्त फर्म लमही न.पा.३ श्री गाँउ निवासी असाेक चौधरीले संचालनमा ल्याउनु भएको हाे । उहाँको फर्ममाबाट बट्टाई लाैकाट,लाेकल कुखुरा,हाँस, टर्की, टर्कनाथ चराहरु बिक्रीवितरण गरिनुका साथै किराना पसल पनि गर्नु भएको छ ।

त्यस्तै उहाँ सदादिन ती चराकाे हेरचाहमा ब्यस्त देखिनुहुन्छ । बिहानै उठ्ना साथ खाेरमा जाने सफा सुन्धर गराउने अनि दानापानि दिने उहाँको दैनिकी कार्य हाे । सानाे छदा आफुमा सो कार्य गर्न अति रुचि रहेकाे र समाजमा केही नयाँ कुरा दिन्छु भन्ने उदेश्यले साे व्यावसायिक गरेको चौधरीले बताउनु भयो ।

यस्तै साे व्यावसायिकमा दखल अनि तालिम नलिए पनि उहाँले पेशा गर्न सक्नु भएको छ । तालिम लिने हाे भने त उहाँ जस्तै सबै सफल उधम बन्ने निश्चित छ । झन्डै २ लाखकाे लगानीमा केही महिना अघि संचालनमा ल्याउनु भएको फर्ममा अहिले दश लाख बढि सम्पति भैइसकेकाे छ । यति मात्रै हाेइन छ वटा सेवा मासुका लागि दिनु भएको छ भने छ बटा सेवा बच्चा उत्पादन पनि गरिराख्नु भएको छ । अझै पनि पेशा लागि ब्यबस्थित बनाएर लैजाने साेच बनाउनु भएको छ । उसाे त बट्टाई आफैमा राेग प्रतिराेधात्मक पंक्षि हाे । उसकाे मासु सेवन गर्दा सुगर,प्रेशर बाथका बिरामिहरुका लागि अति उपयाेगि भएकोले उहाँकै फर्ममा धेरै जसाेले सेवा लिन आउनुहुन्छ र अन्य पनि सेवा लिन आउने गरेका छन् ।

त्यस्तै आवश्यकता अनुसार सबै सेवाकाे हाेम डेलिभरिकाे सेवा स्थानीय स्तरमा उपलब्ध गराइएकाे चाैघरीले बताउनु भएको छ । उहाँ कहाँ अहिले धनगढी,पाल्पा लगायतका अन्य स्थानीय ठाउबाट सेवाग्राहीहरु बढी आउने गरेका छन । आफुमा इच्छाशक्ति हुनु पर्छ जस्तो सुकै काम पनि सहजै रुपमा गर्न सकिन्छ भन्ने उहाँको अनुभव छ । काम गर्दै जादा पाठ सिकाउने रहेछ साेहि अनुरुप काम पनि अगाडि बढाउने गरेको उहाँको भनाइ छ । उहाँले झन्डै ३ कट्ठा जग्गा प्रयाेगमा ल्याउनु भएको छ । जसका लागि फरक फरक खाेर निर्माण गर्नु भएको छ । त्यस्तै बट्टाई र लाेकल कुखुरा सबै चराहरु राख्ने अलग अलग खाेर बनाउनु भएको छ ।उहाँ २३ बर्षिय युवा भएकाले पनि अन्य युवा बर्गका लागि बिदेश नगइ स्वदेशी भुमिमा केही गर्न सुझाव दिनु हुन्छ । सात वटा सेवाकाे छुट्टाछुट्टै मूल्य निर्घारण गरिएको उहाँले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]