
Ksbus
Asbus
Sdc
Ggp
Lnp
Ggp
Rgp
Ksbus
Msbus

काठमाडौं । काठमाडौंको ताहाचलमा नक्कली सुन देखाएर ५५ लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेका ३२ वर्षीय सन्तबहादुर लामा,नुवाकोटको तार्केश्वर नगरपालिका शान्तिटोल बस्ने,४५ वर्षीय ऋषमान घले,सोही ठाउँ बस्ने ३५ वर्षीय जित भनिने मेख तामाङ,झापा विर्तामोडका ५३ वर्षीय पप्पु भनिने अभयकुमार चौधरी,नुवाकोटको तारकेश्वर नगरपालिका-५ का २० वर्षीय चन्द्र भनिने जेरि तामाङ र तार्केश्वर नगरपालिकामा नै बस्ने २६ वर्षीय राज तामाङ रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै प्रहरीका अनुसार उनीहरुले काठमाडौंको ताहाचल बस्ने एक व्यक्तिलाई माघ २१ गते सुन जस्तो देखिने एक केजी पहेँलो धातु देखाएर ५५ लाख रुपैयाँ ठगी गरेका थिए । माघ २६ गते पीडितले अपराध महाशाखामा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको हो ।
त्यसैगरी उनीहरुको साथबाट ९ लाख,५० हजार नगद,दुई वटा मोटरसाइकल र ५ थान मोबाइल समेत बरामद भएको महाशाखाले जनाएको छ । महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धान तथा कारबाहीका लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी दिनु भयो ।
