
Gisld
Rbs
Sds
Pbu
mbd
Mbdvs

Rgu
Sls
Asm
Vor
nsb
Pvg
Bbbpu
Wsp
Sbs
Tsm
Ssm
Ggd
Hal
Ksm
Rsb
Gst
Rgu
Bbu
Rgs

Ptm
Jmb
Abd
Syp
Bml
Gsb
Mks
bbt
Jmb
Pls
sab
Rpp
Rmb
कञ्चनपुर । नेपाल प्रहरीले कञ्चनपुर बेलौरी नगरपालिका वडा नम्बर ६ सुतिया नदी क्षेत्रबाट २० ग्राम ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) ओसार पसार गर्ने एक जना नाइकेलाई पक्राउ गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी निरीक्षक कमल कुमार खड्काको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले भारतको पिलभित जिल्ला बम्मनपुर पधिरत सारदा पुरी बस्ने सुच्चा सिंहलाई पक्राउ गरेको हो ।
त्यस्तै गोप्य सूचनाको आधारमा शंका लागि चेकजाच गर्दा सिंहको साथमा २० ग्राम ८० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) फेला परेपछि उनलाई पक्राउ गरिएको थियो । उनी नेपालबाट लागूऔषध ओसारपसार गर्ने गिरोहका नाइकेसमेत रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रवक्ता अमर बहादुर थापाले जानकारी दिनु भएको हो ।
