
pku
sbs
Rgp
Ggp
Srbpu
cjs
Pes
Unsku
Lnp
Rgp1
Gfs
Sgr
Pbu
Djs

Wsp
Sls
Ksm
nsb
Pvg
Gst
Hal
Rsb
Rgu
Sbs
Bbbpu
Asm
Bbu
Rgs
Ssm
Ggd
Rgu
Vor
Tsm

Jmb
Abd
Syp
Gsb
Bml
Ptm
Jmb
sab
Rpp
Pls
Mks
bbt
Rmb
दाङ । गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटेमा नवनिर्मित स्वास्थ्य इकाइ भवनको मंगलबार एक कार्यक्रमका बीच गढवा गाउँपालिकालाई हस्तान्तरण पछि उद्घाटन गरिएको छ । आम्दा माइन्ड्सको आर्थिक तथा प्राबिधिक सहयोगमा आम्दा नेपालद्वारा स्वास्थ्य मापदण्ड अनुसार भवन तयार गरी गढवा गाउँपालिकालाई आज हस्तान्तरण गरिएको हो ।
त्यस्तै आम्दा परियोजनाका संयोजक ऋषिकेस श्रेष्ठले गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवलाई उक्त नवनिर्मित स्वास्थ्य इकाइ भवनको फाइल सहित हस्तान्तरण गर्नु भएको थियो । आम्दा नेपाल मातृशिशु स्वास्थ्य परियोजना अन्तर्गत आम्दा माइन्ड्स र परराष्ट्र मन्त्रालय जापानको आर्थिक तथा प्राविधिक सहयोगमा कुल ४८ लाख,३४ हजार,७ सय,४२ रुपैयाँ,९३ पैसाको लागतमा उक्त एक तल्ले तीन कोठे नवनिर्मित पक्की स्वास्थ्य इकाइ भवनको निर्माण गरिएको आम्दा परियोजनाका अधिकृत प्रदिपराज पन्तले जानकारी दिनु भयो ।
त्यस्तै उक्त सामुदायिक स्वास्थ्य इकाइबाट प्रत्येक दिन बिहान १० बजे देखि साँझा ५ बजे सम्म ओपिडी सेवा, गर्भवती जाँच,सुत्केरी जाँच,परिवार नियोजन,स्वास्थ्य परामर्श र किशोर किशोरी मैत्री स्वास्थ्य परामर्श लगायतको सेवा प्रबाह हुने गढवा गाउँपालिका स्वास्थ्य संयोजक कैलाश चौधरीले जानकारी दिनु भयो । यस्तै उक्त सामुदायिक स्वास्थ्य इकाइमा अहेब कल्पना यादव र कार्यालय सहयोगी दुर्गा राना मार्फत सेवा प्रबाह हुने स्वास्थ्य संयोजक चौधरीले जानकारी दिनु भएको छ ।
त्यस्तै यस बर्ष आम्दा माइन्ड्सको आर्थिक तथा प्राबिधिक सहयोगमा गढवा गाउँपालिकाको वडा नम्बर १ कालाकाटे र वडा नम्बर २ चिमचिमेमा सामुदायिक स्वास्थ्य इकाईको भवन तथा मुसीनाका र खबरीनाकामा गाउँघर क्लिनिकको भवन निमाण गरी हस्तान्तरण,उद्धघाटन तथा सेवा शुभारम्भ गर्ने अन्तिम तयारीमा रहेको परियोजनाका प्रबन्धक आनन्द रुचालले जानकारी दिनु भयो ।
त्यस्तै आउने बर्ष आम्दा परियोजनाले गढवा गाउँपालिका वडा नम्बर ३ को गोबरडिहा र वडा नम्बर २ को डाँडा गाउँमा सामुदायिक स्वास्थ्य इकाईको भवन तथा वडा नम्बर ५ को कक्रहवा र वडा नम्बर ६ को खबरीखुट्टीमा गाउँघर क्लिनिकको भवन निमाण गर्ने तयारी भईरहेको समेत कार्यक्रममा परियोजनाका प्रबन्धक रुचालले जानकारी दिनु भयो । यस्तै सामुदायिक स्वास्थ्य इकाईका अध्यक्ष तथा गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा सो स्वास्थ्य इकाइको उद्घाटन गरिएको हो ।
त्यस्तै भवनको उद्धघाटन गर्दै प्रमुख अतिथी यादवले आम्दा परियोजनाले सिंगो गढवा गाउँपालिका स्वास्थ्य क्षेत्रमा आत्मानिर्भर भएकोमा खुसी व्यक्त गर्नु भयो । हामीले चुनाबका समयमा बाचा गरेका एजेण्डाहरु मध्ये स्वास्थ्य सेवा गाउँ,गाउँमा पुर्याउने प्रतिबद्धता आम्दा परियोजनाबाट पुरा भएको गाउँपालिका अध्यक्ष यादवले बताउनु भयो । गढवा गाउँपालिका भरि आम्दा परियोजनाले निर्माण गरेको स्वास्थ्य इकाइ तथा गाउँघर क्लिनिक संञ्चालन तथा व्यवस्थापनको सम्पुर्ण जिम्मा अब गाउँपालिकाले लिने अध्यक्ष यादवले प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
त्यसैगरी गढवा गाउँपालिकाका स्वास्थ्य संयोजक कैलाश चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगत शाही, आम्दा परियोजनाका संयोजक ऋषिकेसी श्रेष्ठ, परियोजनाका अधिकृत प्रदिपराज पन्त,परियोजनाका अधिकृत आनन्द रुचाल र स्थानीय समाजसेवी हरिप्रसाद सुवेदी लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका वडा नम्बर १ का वडा कार्यालयका सहायक डोरबहादुर रोकाले गर्नु भएको थियो ।
