
Rbs
Mbdvs
Pbu
Gisld
Sds
mbd

Rgu
nsb
Tsm
Rsb
Bbbpu
Sbs
Ggd
Sls
Asm
Pvg
Bbu
Ssm
Vor
Ksm
Rgu
Wsp
Hal
Gst
Rgs

Jmb
Bml
Ptm
Rpp
Jmb
sab
Gsb
Abd
Mks
Pls
Syp
bbt
Rmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका अन्तरगतका नाका क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना हुने क्रम निरन्तर रहेको छ । नाका क्षेत्रमा सशस्त्र प्रहरीको पोष्ट स्थापना भए संगै नाकाबासीले सुरक्षाको अनुभूति गर्न थालेका छन् । सिमित स्रोत साधनको बाबजुद पनि शान्ति सुरक्षाको लागि नेपाली सुरक्षाकर्मी सिमाक्षेत्रमा अहोरात्र खटिरहेको भन्दै भारतीय एसएसबिहरु सङ्ग पनि सुमधुर सम्बन्ध राखेर नेपाली भूमिको रक्षा गर्न नेपाली सुर क्षाकर्मीलाई दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आग्रह गर्नु भयो ।
त्यस्तै पोष्टको उद्घाटन गर्दै चालू आर्थिक बर्षमा दाङको सिमा नाकामा मात्र १२ वटा प्रस्तावित सशस्त्र प्रहरीको क्याम्प स्थापना गर्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिनु भयो । यस्तै प्रजिअ आचार्यका अनुसार बजेट अभावका कारण पाँचवटा मात्र स्थापना गर्न सफल भएका छौँ,बाकी सातवटा क्याम्पहरु अर्को बर्षमा स्थापना गर्नका लागि कार्ययोजना बनिरहेको छ ।
त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बाहिनी मुख्यालय रूपन्देही कपिलवस्तुका बाहिनिपती किशोर प्रधानले सिमा क्षेत्रमा बसेका नेपाली नागरिकको सुरक्षालाई मध्यनजर गरेर सिमा क्षेत्रमा खटिन सुरक्षा कर्मीलाई निर्देशन दिनु भयो । त्यस्तै सिमा क्षेत्रमा बसोबास गरेका नेपाली दाजुभाइ दिदिबहिनीले पनि सुरक्षामा खटिएका सुरक्षाकर्मी हाम्रै दाजुभाइ हुन भनेर सकेको सहयोग गर्न आग्रह गर्नु भयो ।
यसैगरी नेपाल-भारत सिमानामा हुने बाह्य गतिविधिलाई रोक्न सिमा क्षेत्रमा स्थापना भएका बोर्डर आउट पोष्टले महत्त्वपूर्ण भुमिका खेल्ने बाहिनिपती प्रधानले विश्वास ब्यक्त गर्नु भएको छ । सिमा सुरक्षा,सीमामा हुने अपराध नियन्त्रण, लागु औषध ओसारपसार जस्ता अपराधीक गतिविधि र नेपालको भुभाग रक्षा गर्ने सशस्त्र प्रहरीको मुख्य कर्तव्य रहने समेत प्रधानको भनाई छ । पुर्व मेचीदेखि पश्चिम महाकाली सम्म भारतसंग सिमाना जोडिएका एक सय चौधवटा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ । यस्तै कार्यक्रममा राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले नाका क्षेत्रमा सशस्त्र प्रहरीको क्याम्प स्थापना हुनु अत्यन्तै खुशीको कुरा भएको बताउदै,अब नाका बासिन्दा भारतीय नागरिक र भारतीय सुरक्षाकर्मीसंग हेपिनु पर्ने बाध्यता अन्त्य भएको बताउनु भयो ।
त्यस्तै यस अघि गढवाको कोइलाबास, राजपुर गाउँपालिकाको खांग्रा, र सुनपथरी नाकामा सशस्त्र प्रहरीको पोष्ट स्थापना भैसकेको छ । यस्तै हाल सम्म दाङमा पाँचवटा बोर्डर आउट पोष्ट स्थापना भैसकेका छन् । त्यसैगरी अब सातवटा स्थापना हुने प्रक्रियामा रहेका छन । गुरुङ नाका,भौवा,सिरिया,भौरिसाल, मुसिनाका डगमारा र खबरी नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट स्थापना गर्नका लागि प्रस्तावित नाका हुन् । यी प्रस्तावित नाकाहरुमा सशस्त्र प्रहरीको बाह्रवटै क्याम्प कम्तिमा ६ देखि ७ किलोमिटरको दुरीमा रहने छन् । त्यस्तै हाललाई भैंसाही र पटौलीनाका स्थित स्थानियको घर भाडामा लिएर तारवार गरेर क्याम्प स्थापना गरिएको छ । उक्त कार्यक्रममा २९ नम्बर गण हेडक्वाटर ज्वालामाई भालुबांगका एसपी टोप खनाल, सशस्त्र प्रहरी बल नेपाल ४१ नं. रिर्जभ गण हेड क्वाटर अर्जुनखोलाका एसपी यादव विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेश चन्द,राष्ट्रिय अनुसन्धान दाङका प्रमुख अर्जुन भण्डारी,सेनानी दाङका प्रमुख सुनिल थापा,वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर बुढा,वडा नम्बर ७ का अध्यक्ष भिम बहादुर खड्का लगायतको उपस्थिति रहेको थियोे ।
