
Pbu
Mbdvs
Rbs
mbd
Gisld
Sds

nsb
Ggd
Rsb
Pvg
Sbs
Tsm
Gst
Rgu
Rgs
Sls
Rgu
Asm
Bbbpu
Bbu
Hal
Ssm
Wsp
Ksm
Vor

Abd
Rmb
Jmb
bbt
Mks
Pls
Rpp
Bml
Jmb
Ptm
Syp
Gsb
sab
धनगढी । बैतडीमा गएकाे बिहीवार मृत अवस्थामा भेटिएकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टम रिपोर्टबाट दोगडाकेदार गाउँपालिका ७ की भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएकाे पुष्टि भएको हो ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदीले भन्नू भयो ।पोस्टमार्टममा कज अफ डेथ बलात्कारपछि घाँटी थिचेको देखायो । डीआईजी सुवेदीले सामूहिक बलात्कार हो वा होइन भन्नेबारेमा थप परीक्षण भइरहेको जानकारी दिनु भयो । हामीले घटनास्थलमा प्राप्त भएका सबै तथ्य परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाएका छौँ,उहाँले भन्नु भयो । प्रयोगशालाबाट रिपोर्ट प्राप्त भए अनुसन्धानमा अझै सहज हुने देखिन्छ ।
यस्तै पोस्टमार्टम रिपोर्ट प्रहरीलाई दिइएको छ । बलात्कार र घाँटी थिचेर हत्या भएको पुष्टि भएको छ । घाँटी निमोठेको र अन्य केही भित्री चोटहरू पनि छन् । थप अनुसन्धान भने जारी छ । गएकाे बुधवार विद्यालयबाट फर्किने क्रममा हराएकी भागरथी बिहीबार साँझ दोगडाकेदार गाउँपालिकाकै लवलेक सामुदायिक वनमा हत्या गरेको अवस्थामा फेला परेकी थिइन् ।
अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली पनि घटनास्थलमा पुगेर अध्ययन गरिरहेको छ । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली, केन्द्रीय अनुसन्धान ब्युरोका वरिष्ठ प्रहरी उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।
