Sidha Patra सोमबार, माघ २६, २०७७

दाङ । कोरोना भाइरस विरुद्धको खोप दाङमा पहिलो चरणमा तीन हजार ५ सय ३७ जनाले लगाएका छन् । गएको माघ १४ गतेदेखी हाल सम्म पहिलो चरणमा घोराही, तलसीपुर र लमहीबाट स्वास्थ्यकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका, कोरोनाबाट मृत्युभएकाको शब व्यवस्थापनमा खटिएका व्यक्तिहरुले खोप लगाएका हुन् ।

त्यस्तै स्वास्थ्य कार्यालय दाङका अनुसार राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीबाट १३ सय ५५, प्रादेशिक अस्पताल तुलसीपुरबाट १५ सय ७४ जना र लमही अस्पतालबाट ६ सय ८ जनाले कोरोना बिरुद्धको खोप लगाएका हुन् । ति मध्य १२ सय ९५ जना स्वास्थ्यकर्मीले खोप लगाएका छन् ।

यस्तै घोराहीबाट ४ सय ७४, तुलसीपुरबाट ५ सय ५३ र लमहीबाट २ सय ६८ जना स्वास्थ्यकर्मीले खोप लगाएको स्वास्थ्य कार्यालयका फोकल पसर्न कमल चन्दले जानकारी दिनु भयो । दाङमा पहिलो चरणमा कोरोना संक्रमण नियन्त्रणका लागि अग्रपंक्तिमा खटेर काम गर्नेहरुलाई भनि ६ हजार ५ सय ९५ डोज खोप आएको थियो । उक्त बचेको खोप पुनः २८ दिन पछि दोस्रो खोप उनिहरुलाई नै लगाईने चन्दले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]