
Pbu
pku
Rgp
Unsku
Lnp
Rgp1
Sgr
Djs
sbs
cjs
Srbpu
Ggp
Pes
Gfs

Rgu
Rgu
Sls
Rsb
Vor
Bbbpu
Wsp
Gst
Pvg
Ggd
Sbs
Ksm
nsb
Rgs
Tsm
Ssm
Asm
Hal
Bbu

sab
Rpp
Jmb
Mks
Abd
Pls
bbt
Syp
Rmb
Bml
Ptm
Jmb
Gsb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा शनिबार नि:शुल्क दन्त स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय र कृपा मेडिकल एण्ड कृपा दन्त सेवा लमहीको संयुक्त आयोजनामा सम्पन्न भएको शिविरमा सो वडाका १ सय,५३ जनाले सेवा लिएका थिए ।
सो वडाका वडा अध्यक्ष नरेन्द्र सिंह भण्डारी मार्फत विधिवत रुपमा शिविर कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यस्तै उक्त शिविरद्वारा २० जनाको दात निकालिएको थियो भने सबै बिरामीलाई निसुल्क औषधि प्रदान गरिएको सो शिविरका सह आयोजकका संचालक तथा हेल्थ असिस्टेन्ट कृष्ण आचार्य (प्रकाश)ले जानकारी दिनु भएको हो ।
यस्तै शिविर कार्यक्रममा दन्त चिकित्सक डाक्टर दोय मधुसुदन शर्मा,आशिष अधिकारी,ल्याब टेक्निसियेन माधब गिरि,अहेब भुमा चौधरी र अन्य कर्मचारी शिशिर भण्डारी,बाबु राम चौधरी रहनु भएको थियो ।
