सर्लाही । प्रहरीले स्रोत नखुलेको ३२ लाख नगद सहित एकजना भारतीय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सितामढी थाना घर भएका ४० वर्षीय शम्भुकुमार शाह छन् ।
आइतबार आज बिहान प्रहरी चौकी खुटौनाबाट खटिएको टोलीले उनलाई मलंगवा नगपालिका वडा नम्बर–६,बाट पक्राउ गरेको हो । भारतीय नम्बरको मोटरसाइकलमा उनी स्रोत नखुलेको नेपाली रुपैयाँ लिएर भातरबाट नेपालतर्फ आएका हुन् ।
त्यस्तै उनको साथबाट ३२ लाख ३५ हजार नेपाली रुपैयाँ र २ हजार भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले बताए । रातोपाटी