Sidha Patra बिहिबार, माघ २२, २०७७

काठमाडौं । नेपालम पछिल्लो २४ घण्टा भित्र १ सय,७१ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै नेपालको कुल संक्रमितको संख्या २ लाख,७१ हजार ,६०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । जसमध्ये २ हजार २ सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।

गएको २४ घण्टामा ३ हजार ८ सय,७८ जनाको पिसिआर परीक्षण गर्दा १ सय,७१ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख,८५ हजार,५ सय,७३ पुगेको छ । गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ भने हाल ९२ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा २ सय,२७ जना उपचारपछि डिस्चार्ज भएर घर गएका छन् । यो संगै नेपालमा निको हुनेको संख्या २ लाख,६७ हजार,२ सय,९२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी देशभर ६१ जनाबआइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको हो । त्यस्तै प्रदेश १ र २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ भने बागमती प्रदेशमा ३० आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ५ आइसियुमा, लुम्बिनी प्रदेशमा २४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जानकारी दिएको हो । यस्तै कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सूदुरपश्चिम प्रदेशमा एकजना आइसियुमा रहेका छन् । त्यस्तै कुनै पनि बिरामी भेन्टिलेटरमा नरहेको मन्त्रालयले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]