Sidha Patra बुधबार, माघ २१, २०७७

दाङ । देउखुरीको लमही नगरपालिका भित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरलाई बन्ध्याकरण गर्ने कार्य थालिएको छ । बितेको वर्ष जस्तै यस आर्थिक वर्षमा पनि लमही नगरपालिकाले एक सय बढी कुकुरलाई बन्ध्याकरण गर्ने कार्य गरेको हो ।

त्यस्तै पशु सेवा उपशाखा लमही नगरपालिका प्रमुख शिवराज न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क कुकुर बन्ध्याकरण रेविज विरुद्घ खोप शिविर कार्यक्रम अन्तर्गत यस वर्ष एक सय,३८ वटा कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य लिएको छ । गत वर्षको तुलनामा यो वर्ष सामुदायिक कुकुरहरुको संख्यामा कमी आएको छ,अब हामीले नगरपालिकामा एउटा पनि छाडा कुकुर देख्न नपर्ने गरी यो कार्यक्रम गर्दैछौँ,पशु शाखा प्रमुख न्यौपानेले भन्नु भयो ।

लमही नगरपालिकाले बन्ध्याकरणको कार्यक्रम शुरु गरेपछि अहिले नगरपालिका भित्र मान्छेलाई आक्रमण गर्ने, टोक्ने, लखेट्ने जस्ता क्रियाकलाप बन्द भएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्ट कास्की पोखराका प्रबन्ध निर्देशक खगेश्वर भट्टराईले सामुदायिक कुकुरलाई सम्मानजनक तरिकाले व्यवस्थापन गर्नका लागि संस्था स्थापना भएको बताउनु भएको हो ।

त्यस्तै अमानविय व्यवहार गर्नु गलत भएको भन्दै छाडा रुपमा रहेका कुकुरलाई नियन्त्रण गर्ने भनेको बन्ध्याकरण नै मुख्य विकल्प भएको उनको भनाई छ । करिब तिन चार वर्ष यो कार्यक्रमलाई निरन्तर गर्ने हो भने नगर भित्र कुकुर खोज्दा पनि भेटिन मुस्किल हुने छ,उहाँले भन्नु भयो ।

त्यसैगरी लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विम बहादुर केसीले नगरपालिका भित्र रहेका कुकुरहरुलाई व्यवस्थापन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । यस आर्थिक वर्षमा बध्याकरणका लागि नगरपालिकाले चार लाख बजेट बिनियोजन गरेको थियो । सोहि बजेटबाट कार्यक्रम गर्न लागेको पशु शाखाका प्रमुख न्यौपानेले बताउनु भएको हो । त्यस्तै शिविर तिन दिन सम्म चल्ने बुझिएको छ ।

त्यस्तै हिमालयन एनिमल रेस्क्यु ट्रष्ट कास्की पोखराले प्राविधिक सहयोग गरेको छ । सो शिविर तिन दिन सम्म चल्ने शिविरको उद्घाटन गर्दै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले नगरपालिका भित्र रहेका सामुदायिक कुकुरलाई व्यवस्थापन गरेर कुकुर भयरहित समाज निर्माणमा नगरपालिका लागि परेको बताउनु भयो ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले पशुहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नु पर्ने भन्दै समुदायमा भएका कुकुरलाई व्यवस्थापन गर्नुमा यस्ता खाले कार्यक्रमले महत्व दिने बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]