
sbs
cjs
Srbpu
Pbu
Sgr
Djs
Unsku
Gfs
pku
Rgp1
Ggp
Lnp
Rgp
Pes

Ggd
Asm
Ssm
Sls
Gst
Bbu
nsb
Vor
Rgu
Hal
Wsp
Pvg
Sbs
Rgs
Bbbpu
Rsb
Tsm
Ksm
Rgu

Syp
Ptm
Mks
Pls
Jmb
Rmb
sab
Abd
Gsb
Rpp
Jmb
Bml
bbt
दाङ । देउखुरीको लमही नगरपालिका भित्र रहेका सामुदायिक तथा घरपालुवा कुकुरलाई बन्ध्याकरण गर्ने कार्य थालिएको छ । बितेको वर्ष जस्तै यस आर्थिक वर्षमा पनि लमही नगरपालिकाले एक सय बढी कुकुरलाई बन्ध्याकरण गर्ने कार्य गरेको हो ।
त्यस्तै पशु सेवा उपशाखा लमही नगरपालिका प्रमुख शिवराज न्यौपानेका अनुसार आर्थिक वर्ष २०७७/०७८ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क कुकुर बन्ध्याकरण रेविज विरुद्घ खोप शिविर कार्यक्रम अन्तर्गत यस वर्ष एक सय,३८ वटा कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य लिएको छ । गत वर्षको तुलनामा यो वर्ष सामुदायिक कुकुरहरुको संख्यामा कमी आएको छ,अब हामीले नगरपालिकामा एउटा पनि छाडा कुकुर देख्न नपर्ने गरी यो कार्यक्रम गर्दैछौँ,पशु शाखा प्रमुख न्यौपानेले भन्नु भयो ।
लमही नगरपालिकाले बन्ध्याकरणको कार्यक्रम शुरु गरेपछि अहिले नगरपालिका भित्र मान्छेलाई आक्रमण गर्ने, टोक्ने, लखेट्ने जस्ता क्रियाकलाप बन्द भएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्ट कास्की पोखराका प्रबन्ध निर्देशक खगेश्वर भट्टराईले सामुदायिक कुकुरलाई सम्मानजनक तरिकाले व्यवस्थापन गर्नका लागि संस्था स्थापना भएको बताउनु भएको हो ।
त्यस्तै अमानविय व्यवहार गर्नु गलत भएको भन्दै छाडा रुपमा रहेका कुकुरलाई नियन्त्रण गर्ने भनेको बन्ध्याकरण नै मुख्य विकल्प भएको उनको भनाई छ । करिब तिन चार वर्ष यो कार्यक्रमलाई निरन्तर गर्ने हो भने नगर भित्र कुकुर खोज्दा पनि भेटिन मुस्किल हुने छ,उहाँले भन्नु भयो ।
त्यसैगरी लमही नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष विम बहादुर केसीले नगरपालिका भित्र रहेका कुकुरहरुलाई व्यवस्थापन गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो । यस आर्थिक वर्षमा बध्याकरणका लागि नगरपालिकाले चार लाख बजेट बिनियोजन गरेको थियो । सोहि बजेटबाट कार्यक्रम गर्न लागेको पशु शाखाका प्रमुख न्यौपानेले बताउनु भएको हो । त्यस्तै शिविर तिन दिन सम्म चल्ने बुझिएको छ ।
त्यस्तै हिमालयन एनिमल रेस्क्यु ट्रष्ट कास्की पोखराले प्राविधिक सहयोग गरेको छ । सो शिविर तिन दिन सम्म चल्ने शिविरको उद्घाटन गर्दै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले नगरपालिका भित्र रहेका सामुदायिक कुकुरलाई व्यवस्थापन गरेर कुकुर भयरहित समाज निर्माणमा नगरपालिका लागि परेको बताउनु भयो ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष लिला शाहले पशुहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गर्नु पर्ने भन्दै समुदायमा भएका कुकुरलाई व्यवस्थापन गर्नुमा यस्ता खाले कार्यक्रमले महत्व दिने बताउनु भएको छ ।
