
Gsbus
Ksbus
Ssbus
Bsbus
Ksbus
Lsbus
Rsbus
Ssbus
Ssbus
Gss
Gsbus
Ses
Ksbus
Gis
Ksbus
Gis
Gms
Nssbush
Pbu
Lsbus

Bbbpu
Wsp
Ksm
Gst
Asm
Ssm
Vor
Hal
Rgu
Pvg
Rgs
Tsm
Sls
nsb
Sbs
Rsb
Rgu
Bbu
Ggd

Bml
bbt
Ptm
Abd
Jmb
Syp
Pls
Jmb
Rmb
Mks
Gsb
sab
Rpp
दाङ । बायाँ हातका स्पिनर ललितनारायण राजवंशीले एक्लै ६ विकेट लिएपछि कर्णाली प्रदेश विरुद्ध नेपाल पुलिस क्लबले अपराजित रहँदै जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आठौं जीत निकालेको छ । याेसँगै पुलिसले याे वर्षकाे फाईनलमा स्थान सुरक्षित गरेकाे छ ।
लमही स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा पुलिस क्लबले कर्णाली प्रदेशलाई हराएसँगै पुलिसकाे अपराजित यात्रा कायमै रहेकाे छ । पुलिसले दिएकाे १४८ रनकाे विजयी लक्ष्य पछ्याएकाे कर्णाली प्रदेशले शुरुवात राम्रो गरेपनि ललितनाररायण राजवंशीकाे कशिलाे बलिङमा कर्णाली २४ ओभरमा अलआउट हुँदै १०३ रनमा समेेटियाे । मध्यम लक्ष्य पाएपनि कर्णालीलाई आजकाे जीत अपरीहार्य थियाे ।
कर्णालीका लागि रविन्द्र शाहीले राम्रो शुरुवात दिलाए पनि त्यसपछिका खेलाडीले लय पकड्न नसक्दा हार व्यहाेर्याे । रविन्द्रले ३२ बलमा २ छक्का र ७ चाैकाकाे मद्दतमा ४९ रन जाेडेर सागर ढकालकाे बलमा बाेल्ड भए । त्यसपछि अर्जुन घर्तीले पारी उकास्ने काेशिस गरेपनि पुलिसले ३० रनमा पेभेलियन फर्कायाे ।
अर्जुनले ४२ बलमा १ छक्का र ३ चाैकाकाे सहयाेगमा ३० रन जाेडेर ललितकाे बलमा क्याच आउट भए । सुनिल धमला २ रन, राज शाह ४ रन, दिपेन्द्र रावत ३ रन, दिनेश अधिकारी १ रन, प्रकाश जैशी १ रन, अनुज चनरा १ रनमा आउट भए । ललितले राज शाह, दिपेन्द्र रावत, अर्जुन घर्ती, दिवान पुन, प्रकाश जैशी, दिनेश अधिकारीलाई आउट गर्दै ९ ओभरमा ४१ रन खर्चेर ६ विकेट हात पारे । सागर ढकालले २ विकेट लिँदा करण केसीको नाममा एक विकेट रह्याे ।
जारी प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिन सफल ललित प्लेयर अफ द म्याच भए । उनी प्रधानमन्त्री कप क्रिकेटमा सय विकेट लिने पहिलाे खेलाडी पनि बनेका छन् । उनले हालसम्म १०३ विकेट लिईसकेका छन् भने जारी प्रतियोगितामा ८ खेलमा ३६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीकाे शीर्ष स्थानमा छन् ।
यसअघि, टस हारेर ब्याटिङकाे निम्तो पाएकाे नेपाल पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएकाे थियाे । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जाेडे । उनले ६० बल खेल्दै ४ चाैकाा र १ छक्काकाे मद्दतमा ३६ रन बनाएर क्याच आउट भए । यस्तै, दीलिप नाथले ५९ बलमा २ चाैकासहित ३४ रन बनाएर दिवान पुनकाे बलमा एलबीडब्लू भए । पुलसिका लागि ९ विकेट गएको अवस्थामा श्रवण यादव र सागर ढकालले ३९ रनकाे साझेदारी गरे मध्यम लक्ष्यमा पुर्याए । अन्तिम विकेटका रुपमा आएका सागर ढकालले अविजित २२ रन जाेडे ।
त्यस्तै पुलिसका लागि कुशल भुर्तेलले १ रन, अमित श्रेष्ठ ७ रन, आरिफ शेख २ रन, गुल्सन झा ८ रन, ललित राजवंशी ७ रन, करण केसी ६ रन, श्रवण यादव ११ रन बनाएर आउट हुँदा कप्तान दिपेन्द्रसिंह ऐरी पहिलाे बलमा बाेल्ड भए ।कर्णालीका लागि अर्जुन चनाराले ४ विकेट लिँदा कप्तान दिवान पुनले ३ विकेट लिए । यसैगरी, दिनेश अधिकारी, दिपेन्द्र रावत, सुनिल धमलाले समान १-१ विकेट लिए ।
दाङमा पहिलो पटक आयोजना गरिएको पिएम पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णाली प्रदेश टीम पाँचौं स्थानमा रहेकाे छ। अहिलेसम्म ८ खेल खेलीसकेको पुलिस क्लब ८ खेलमा सतप्रतिशत जीत निकाल्दै १६ अंकका साथ शीर्ष स्थानमा रहँदा ९ खेल खेलीसकेको कर्णाली प्रदेश ४ खेलमा जीत र ५ खेलमा हार व्यहोर्दै ८ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा छ । याेसँगै दाङमा १४ खेल सकिएका छन् । अबका बाँकी खेल रुपन्देहीमा हुनेछन् । प्रतियोगिताकाे फाईनल खेल चैत १६ गते सिद्धार्थ क्रिकेट रंगशालामा हुने छ ।
