
Ppu
sks
Asm
jmb
smb
Rg-9
Gsbus
jms
Ddh
Rus
Sys
Bpb
gms
Ssbus

Dps
Ln1
Hl1
Ln8
Usb
kbs
Sbs
Asm
cks
Gg1
Gsb
Ln2
Gg5
Ssb
Tsb
bml
Ln9
Rys
Ln7
Ln3

Bpb
Nps
Ksb
Sml
Gjl
ptl
Rgu
Sbs
Gg6
Snk
Gg3
Rss
Jpb
Gg2
Gg4
Sab
Jab
दाङ । दंगिशरण गाउँपालिका वडा नम्बर –३ रावतगाउँ स्थित गुरबाबा बहुउद्देश्यिय सहकारी संस्थाले किसानहरुलाई उत्पादन र स्वरोजगारमा जोड्दै गरेको पाइएको छ । २०७० सालमा सहकारी डिभिजन कार्यालय दाङबाट बैधानिक मान्यता पाएको यस सहकारी संस्थाले छोटो समयमै ब्यवसायिक कृषि फर्म र बिऊ उत्पादनको कामलाई तिब्रताका साथ अगाडी बढाएको संस्थाका अध्यक्ष तकबहादुर चौधरीले बताए ।
हाम्रो सहकारीमा ६ हजार बढी शेयर सदस्यहरु जोडिनु भएको छ, सबैजसो कृषि पेशामै आश्रीत हुनुहुन्छ । हामी हाम्रा शेयर सदस्य किसानहरुलाई सहकारी संस्था मार्फत आत्मनिर्भर बनाउन उत्पादन र रोजगारमा जोड दिएका छौं–चौधरीले भने ।
सो सहकारी संस्थाले निक्षेप संकलन तथा ऋण लगानी संगै गुरबाबा पशुपंक्षी तथा कृषि स्रोत केन्द्र संचालन गरेको छ । जहाँ बंगुर, माछा, लोकल कुखुरा, र माहुरी पालन ब्यवसायिक रुपमै उदाहरणीय ढंगले सञ्चालन गरेको पाइएको छ भने लोकल कुखुराका अण्डा तथा माहुरीबाट मह उत्पादन गरेर मनग्गे आम्दानी गरेको छ ।
संगसंगै सो सहकारीले बंगुरपालन गरेर बंगुरका पाठा–पाठीलाई काठमाडौ, बर्दिया र पोखराको बजारमा बिक्रीगरी प्रसस्त आम्दानी लिन सफल भएको संस्थाका ब्यवस्थापक बालुराम चौधरीले भने । आगामी दिनमा अन्य कामहरुसंगै बंगुरपालन ब्यवसायलाई थप प्रभावकारीता दिने संस्थाको योजना रहेको उनले बताए । यस सहकारी संस्थाले किसानहरुलाई मलखाद र बिऊ विजनहरुको सुविधा प्रदान गर्नुको साथै रेमिट्यान्स कारोबार पनि गरेको छ ।
त्यस्तै बिगत ३ बर्ष अगाडीदेखि सहकारीमा आवद्ध किसानहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन गहुँ, राजमा र तोरीको बिऊ खेति गर्न थालिएको छ । गतबर्ष र यो बर्ष पनि ४५ जना किसानहरुले २७ बिगाह क्षेत्रफलमा गहुँको बिऊ खेति गरेका छन् । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा थप १५० कठ्ठा क्षेत्रफलमा गहुँको बिऊ खेति गरिएको छ ।
लुम्बिनी प्रदेश सरकारको बिऊ बिजन प्रयोगशाला बाँके खजुरा र देउखुरीको सुर्योदय कृषक बहुउद्देश्यिय सहकारी संस्थाको टोली हाम्रो खेतहरुमा आएर बिऊ वालीको स्थलगत निरिक्षण गरिसकेको छ, बिऊ खेतिबाट हाम्रा किसानहरु स्वरोजगार र आत्मनिर्भर बनेका छन्– उक्त सहकारी संस्थाका पूर्व अध्यक्ष तथा हालका कोषाध्यक्ष सुकदेव चौधरीले भने । बिऊ भण्डारणका लागि गोदाम घर र बिऊ गे्रडिङ मसिन समेत जडान गरिसकेका छौं–उनले भने । तिन सय पचास बढी समूहहरु बचत संकलनमा जोडिनु भएको छ ।
त्यस्तै धेरै लगानी कृषि फर्म र बिद्यालयमा छ तथापी सहकारीबाट शेयर सदस्यहरुले जुन उद्देश्यमा ऋण लिनुहुन्छ सोही उद्देश्यमा नै ऋणको सदुपयोग भएको छ’–उनले भने । यतिमात्र होइन सहकारीले गोल्डेन पाथ एकेडमी समेत सञ्चालन गरेको छ । हाल कक्षा ८ सम्म सञ्चालन गरिएको सो विद्यालयमा दुईसय ४० जना विद्यार्थीहरुले पठन–पाठन गरिरहेका र विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइ अभ्याससमेत गराइने संस्थाका ब्यवस्थापक बालुराम चौधरीले बताए ।
यस्तै कक्षा ४ देखि माथिका सबै विद्यार्थीहरुलाई सहकारीको आफ्नै कृषि फर्म र खेतबारीमा लगेर अभ्यास गराइने गरेको विद्यालयका प्रिन्सिपल बालुराम चौधरीले बताए । उनले भने– ‘सहकारी संस्थामा १२ जना र विद्यालयमा १४ जना गरी कूल २६ जनालाई शिक्षक कर्मचारी राखी रोजगारमा जोडेका छौं ।’
