शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, चैत्र ०७, २०८१

दाङ । गर्मियाममा बर्षेनी नेपालका वन क्षेत्रहरुमा लाग्ने गरेको वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न सामुदायिक वन समूहहरु र आम उपभोक्ताहरु सक्रिय रहनुपर्ने बिहिवार देउखुरीको गढवाका आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलावरले बताएका छन् ।प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आयोजना र गढवा गाउँपालिका तथा देउखुरी वन डिभिजन कार्यालयको संयुक्त सहकार्यमा भएको वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सप्ताह कार्यक्रमलाई संबोधन गर्दै मन्त्री कलावरले सो कुरा बताएका हुन् । वन क्षेत्रमा हुने आगलागिले जिवजन्तु, वनस्पति र जैबिक विविधतामा असर पर्छ जसले गर्दा समग्र वातावरणीय प्रदुषण निम्तिन्छ र जलवायु परिवर्तमा समेत असर पुग्छ– मन्त्री कलावरले भने ।

वन क्षेत्रमा लाग्ने गरेको डढेलोले मानव वस्तिहरु समेत सखाप पारेको उदाहरण दिदै मन्त्री कलावरले डढेलो नियन्त्रण गर्न सरकार र उपभोक्ताहरुको दायित्व भएको बताए । आम नागरिकहरु समक्ष वन डढेलो नियन्त्रणको सन्देश प्रवाह गर्ने लक्ष्य अनुरुप सरकारले हरेक बर्ष वन डढेलो नियन्त्रण सप्ताह मनाउने गरेको उहाँले बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री इन्द्रजित थारु,जिल्ला समन्वय समिति दाङका सभापति नित्यानन्द शर्मा, लमही नगरपालिकाका प्रमुुख जोगराज चौधरी,दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, वन महासंघ दाङका प्रबक्ता तिर्थराज ज्ञवाली र देउखुरी वन डिभिजन कार्यालयका प्रमुख महेन्द्रराज वाग्ले लगायतले बोलेका थिए ।

कार्यक्रम सुरुहुनु अघि गढवा स्थित जनता माध्यमिक बिद्यालयको प्राङ्गणबाट आरम्भ भएको समुदायिक वन समूह, उपभोक्ताहरु र सरोकारवालाहरुको भलँकी तथा र्यालीले गढवा बजार परिक्रमा गरि गढवा गाउँपालिकाको परिसरमा सभामा परिणत भएको थियो । गत चैत्र १ गतेदेखि सुरु गरिएको वन डढेलो नियन्त्रण तथा ब्यवस्थापन सप्ताह विविध कार्यक्रमका साथ सम्पन्न भएको वन डिभिजन कार्यालय देउखुरीले जनाएको छ ।

कार्यक्रममा गन्धर्व समाज लुम्बिनी प्रदेशका हेमराज गन्धर्वले वन डढेलो नियन्त्रण सचेतना सम्बन्धि मौलिक गित संगित प्रस्तुत गरेका थिए । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखे्रलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन देउखुरी वन डिभिजन कार्यालयका वन अधिकृत हरि पौडेलले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]