
Gsbg-3
Jsbr-3
Gsbr-6
Jsbg-7
Msbg-2
Usbl-7
Csbg-7
Pbu
ksbl-7
Rksr-7


धनगढी । कैलालीमा सुस्त मनस्थितिकी एक किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा प्रहरीले १६ वर्षीय किशोरलाइ पक्राउ गरेको छ ।
बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका वडा नम्बर -८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो ।
त्यस्तै आरोपि किशोरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)कबिन्द्रसिंह बोहराले जानकारी दिए । पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
