
Ssb
Fmb
Ksb
Usb
Gsb
Tgp
Nsb
Ssb
Bsn
Ksb
Rks
jsb
Csb
Ppu
Rsb
Ksb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
ptl
Nps
दाङ । नेपाल रेडक्रस दाङको इन्कोर परियोजनाले गढवा गाउँपालिकाले संचालनमा ल्याएको दाङ देउखुरी सर्पदंश उपचार केन्द्रका लागि १७ लाख बराबरको भेण्टिलेटर हस्तान्तरण गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच रेडक्रस दाङका सभापति नारायण आचार्य,परियोजनाका अधिकृत जगत तामाङ र फिल्ड अधिकृत देवि प्याकुरेलले संयुक्त रुपमा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलाई हस्तान्तरण गर्नु भएको हो ।
त्यस्तै सर्पदंश उपचार केन्द्र संचालनमा आएपछि दक्षिण देउखुरीका नागरिकहरुलाई सर्पदंशको उपचारमा सहज भएको छ । उपचार केनद्रमा हाल सम्म ४२ जना नागरिकहरुले सेवा पाइसकेको गढवा गाउँपालिकाले जनाएको छ । उपचार केन्द्र सुरु हुनु अघि गढवा गाउँपालिकाले सर्पदंशका बिरामीहरुको हकमा गोरुसिंगे सम्मको निःशुल्क एम्बुलेन्स भाडा उपलब्ध गराउँदै आएको थियो । अब भने निःशुल्क एम्बुलेन्स भाडा दिने प्रकृया अन्त्य भएको छ ।
