
Ssbus
Bsbus
Gsbus
Nssbush
Ssbus
ebg
Ksbus
bpmhl
Gsl
Lsbus
Gis
Gis
Pbu
Gsbus
Ksbus
Gsbus
Rsbus
Ksbus
Gss
Lsbus

Bbbpu
Pvg
Ggd
Bbu
Rgu
Sls
Vor
Gst
Asm
Hal
Wsp
Rgs
Ssm
Rsb
Sbs
Rgu
nsb
Tsm
Ksm

Ptm
sab
Pls
Syp
Jmb
Jmb
Rpp
Rmb
Bml
Mks
bbt
Abd
Gsb
अर्घाखाँची । आजदेखि अर्घाखाँचीमा लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।
सन्धिखर्कस्थित टुँडिखेलमा मंगलबार आजदेखि लुम्बिनी प्रदेशस्तरीय मुख्यमन्त्री कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले उद्घाटन गरेका छन् । खेल क्षेत्रकाे विकास,खेलाडी उत्पादान,नियमित प्रतियाेगिताका लागि सरकारले उच्च प्राथमिकतामा राखेकाे बताए ।
त्यस्तै प्रतियोगिता उद्घाटन हुनुअघि बाजागाजा सहित झाँकी र र्याली निकालिएको थियो । चैत ८ गते प्रतियोगिताको समापन गरिने छ । प्रतियोगितामा ११ जिल्लाका खेलाडी भाग लिएका छन् । भलिबल खेलमा प्रथम हुनेलाई १ लाख नगद ट्रफी र मेडल,यस्तै द्वितीय पुरस्कार ६५ हजार, तृतीय पुरस्कार ३५ हजार, सान्त्वना पुरस्कार १५ हजार दिइने प्रदेश खेलकुद परिषद् लुम्बिनीले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र उत्कृष्ट ६ विधामा जनही ५ हजार रुपैयाँ दिइनेछ ।
प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमको अध्यक्षता तथा सरकारका प्रवक्ता एवम् कृषि,भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको मुख्यमन्त्रीका स्वकीय अधिकृत प्रदिप नेपालीले जानकारी दिए । उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी,स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतकाे बाक्लो सहभागिता रहेको थियो ।
