Sidha Patra शनिबार, चैत्र ०२, २०८१

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले होलीमा नियम विपरीत चलेका सवारीसाधनहरु धमाधम नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश शाहीका अनुसार शुक्रबार दाङ जिल्लाका विभिन्न स्थानमा दिनभर गरिएको सवारी चेकजाँचका क्रममा १२२ सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कारबाही गरिएको बताएका छन् ।

उनका अनुसार हेलमेट नलगाएर मोटरसाइकल चलाउने,३ जना राखेर मोटरसाइकल चलाउने,मादक पदार्थ सेवन गरी सवारी चलाउने काजगपत्र साथमा नबोकी सवारी चलाउने कारबाहीमा परेका हुन् ।

कारबाही पर्नेमा मोटरसाइकल कार अटो रहेको उनले बताए । होलीको समयमा शुक्रबार जिल्लामा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा ट्राफिक प्रहरी परिचालन गरिएको थियो ।

होली पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन गरिएको चेकिङका क्रममा ट्राफिक नियमको उलङ्घन गरी सवारी साधन चलाउने १२२ वटा सवारी साधनहरुलाई नियन्त्रणमा लिइएको हो । यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा उच्छृङ्खल गतिविधि गर्ने १९ जनालाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक शाहीले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]