
Gsbr-6
Gsbg-3
Msbg-2
Rksr-7
Jsbr-3
Jsbg-7
Csbg-7
Pbu
Usbl-7
ksbl-7


काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंमा ११ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा २ महिला र ९ पुरुष छन् । पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।
त्यस्तै न्यूरोड क्षेत्रबाट ३ पुरुष पक्राउ परेका छन् । कोटेश्वरबाट ४ र सिंहदरबार पश्चिम गेटबाट २ पुरुष पक्राउ परेका छन् । उनीहरूको अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने टुंगो लाग्ने प्रहरीले जनाएको छ ।
यस्तै ३९ थान दुई पांग्रे सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चार पांग्रे सवारी भने १ थान नियन्त्रण्मा लिइएको प्रहरीले जनाएको छ । यो तथ्यांक दिउँसो २ बजेसम्मको रहेको प्रहरीले बताएको हो ।
