
Jsbr-3
Usbl-7
ksbl-7
Rksr-7
Csbg-7
Pbu
Jsbg-7
Msbg-2
Gsbg-3
Gsbr-6


हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् ।
त्यस्तै घर पोत्ने माटो खन्ने क्रममा ढिस्को खसेर पुरिँदा सर्केगाड गाउँपालिका–७ की २८ वर्षीया नेत्रकला जैसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलका अनुसार नेत्रकलाको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै सर्केगाड गाउँपालिका–७ कि तिर्थकला जैसी, मञ्जली जैसी, बालकी जैसी र लक्ष्मी जैसी घाइते भएका छन् । उनीहरू २५ वर्षदेखि २८ वर्ष उमेर समूहका रहेका छन् ।
