
Jsbr-3
Usbl-7
ksbl-7
Rksr-7
Jsbg-7
Msbg-2
Pbu
Gsbg-3
Csbg-7
Gsbr-6


दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका कार्यालय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी दान बहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय पुर्वी रुकुमको कार्यालय निरीक्षण गरेका छन् ।
डिआईजी कार्कीले कार्यालय अन्तर्गत सम्पुर्ण शाखा तथा कार्यालय परिसरको निरीक्षण गर्नुका साथै प्रहरीको व्यवसायिकता,प्रहरीले जनतासँग गर्नुपर्ने व्यबहार,प्रहरी प्रतिबद्धता,अन्तर प्रहरी इकाई प्रतियोगिता-२०८१ लगायतका विषयमा निरीक्षण गरेका हुन् ।
त्यस्तै उक्त कार्यालय तथा मातहत समेतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
