
ksbl-7
Usbl-7
Gsbg-3
Csbg-7
Msbg-2
Rksr-7
Jsbg-7
Pbu
Jsbr-3
Gsbr-6


काठमाडौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर –२ स्थित भाडगाउँबाट प्रहरीले पेस्तोल सहित एकजना युवकलाई पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा काठमाडौँ महानगरपािलका–२० घर भएका सुदन जोशी छन् । प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव सिंह भाट नेतृत्वको टिमले गएराति उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको हो ।
आरोपीको साथबाट एकथान पेस्तोल, १० राउण्ड गोली र २५० ग्राम लागुऔषध पोल्याण्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए । आरोपीको साथबाट प्रहरीले १० ट्याब्लेट ट्रामाडोल पनि बरामद गरेको छ ।
