टेकबहादुर पुन/जिल्ला ब्युरो सोमबार, फाल्गुण २६, २०८१

दाङ । विभिन्न जिल्ला तथा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लमही आईपुगेको दमक उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई देउखुरी उद्योग बाणिज्य संघ लमहीले स्वागत तथा सम्मान गरेको छ ।

देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकूरीको अध्यक्षता आयोजना गरिएको स्वागत कार्यक्रममा अध्यक्ष ठकुरीले संघका गतिविधिहरु, संघका आय आर्जन, भावि कार्यक्रम, संघद्धारा संचालन गरिएका कार्यक्रम लगायतमा संघले खेलेको भुमिकाको वारेमा जानकारी गराएका थिए भने भ्रमण टोलीनेता तथा दमक उद्योग वाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाई (गोपाल)ले भ्रमणको उद्देश्य र संघका क्रियाकलापहरुका वारे चर्चा गरेका थिए ।

त्यस्तै संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत बिकास, सचिवालय व्यवस्थापन, मेला महोत्सव, एक जिल्ला एक उत्पादन कार्यक्रम, स्थानिय बिकास कार्यक्रम, लगायत विभिन्न कार्यक्रम, उद्योग वाणिज्य संघहरुको स्थायी आर्थिक श्रोत जस्ता विषयमा छलफल केन्द्रित रहेको देउखुरी उद्योग बाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले बताए ।

यस्तै देउखुरी उद्योग बाणिज्य संघ लमहीका वरिष्ठ उद्योग उपाध्यक्ष केशवराज पोखरेलले दुवै संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुले यस किसिमको भ्रमण कार्यक्रमले दुई संघ विचको सम्वन्ध अझ प्रगाढ हुदै जाने र व्यवसायीक विकासमा टेवा पुग्ने बताए ।

कार्यक्रममा लमहीमा रहेको देउखुरी उद्योग बाणिज्य संघ लमहीको सम्पूर्ण अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुलाई दमक जिल्ला भ्रमण गर्नको लागि निम्तो समेत दिइएको देउखुरी उद्योग बाणिज्य संघ लमहीका कोषाध्यष हरी थापाले बताए । साथै आउदैँ गरेको हिन्दुहरुको होली पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]