तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका सोमबार, फाल्गुण २६, २०८१

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले फागुन २९ गते नवौँ स्थापना दिवस विविध कार्यक्रम गरि भव्य रूपमा मनाउने भएको छ ।

आइतबार बसेको गाउँपालिकाको १७ औँ कार्यपालिका बैठकले दीप प्रज्वलन, वृहत् सरसफाइ, वृक्षारोपण, साइकल दौड तथा विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान एवं पुरस्कृत गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार फागुन २७ गते पालिकाका ९ वटै वडामा वृहत् सरसफाइ कार्यक्रम सञ्चालन गरिने छ । यस्तै फागुन २८ गते बिहान वडा नं. ६ को मझेरिया देखि वडा नं. ३ को बसन्तपुरसम्म साइकल दौड प्रतियोगिता आयोजना गरिनेछ । सोही दिन विपी आधारभूत विद्यालय बसन्तपुरमा वृक्षारोपण गरिनुका साथै साँझ राप्ती गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरू तथा स्वास्थ्य संस्थाहरूमा दीप प्रज्वलन गरिनेछ । फागुन २९ गते स्थापना दिवसका दिन विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिनेछ।

उत्कृष्ट सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, उत्कृष्ट कृषि सहकारी संस्था तथा समूह, पालिकाबाट सीप विकास तालिम लिएर उद्यम गरेका उत्कृष्ट उद्यमी,सबैभन्दा बढी व्यवसाय कर तिर्ने व्यवसायी तथा समाजमा उल्लेखनीय योगदान दिएका दिवंगत व्यक्तित्वहरूलाई मरणोपरान्त सम्मान कार्यक्रम तय गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिए । यस्तै दिवसमा उत्कृष्ट खोज पत्रकारिता गर्ने पत्रकार, कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम पनि तयार गरिएको छ ।

कार्यपालिका बैठकले पुरस्कार तथा सम्मान वितरणका लागि व्यक्ति तथा संस्था छनोट गर्न पालिकाका उपाध्यक्ष कमलापति चौधरीको संयोजकत्वमा सात सदस्यीय “पुरस्कार तथा सम्मान छनोट तथा सिफारिस कार्यदल” गठन गरेको छ । समितिका सदस्यहरुमा पालिकाका प्रवक्ता एवं सामाजिक विकास समितिका संयोजक पहलवान चौधरी, आर्थिक विकास समितिका संयोजक गेमे खड्का, पूर्वाधार विकास समितिका संयोजक वीरबहादुर चौधरी, सुशासन तथा संस्थागत विकास समितिका संयोजक देवप्रसाद चौधरी, वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य सावित्री चौधरी रहनु भएको छ भने सदस्य सचिव प्रशासन शाखा प्रमुख विकास ज्ञवाली रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]