Sidha Patra आइतबार, फाल्गुण २५, २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर –३० असन घर भएका अनुप सिंहले आफूलाई ‘पूर्व राजाको भान्जा हुँ’ भनेर ठगी गरेको आरोपमा पक्राऊ परेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको ‘भान्जा’ बताउने तिनै सिंहले दुई जनालाई ‘अमेरिका सपना’ देखाएर १ करोड भन्दा धेरै ठगी गरेको आरोप छ । पश्चिम रुकुमको बाफिकोट घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका–४ बस्दै आएका सुभद्रा दाहाल र नम्रता केसीलाई ‘अमेरिका सपना’ देखाएर सिंहले ठगेका हुन् । अनुप सिंहलाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । सिंहलाई फागुन ९ मा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले रातोपाटीलाई बताए । सिंहको समूहका ७ जना ठगीमा संलग्न देखिएका छन् । उनीहरूले १ करोड २७ लाख ८० हजार रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

त्यस्तै सिंहसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनुप सिंह, बनेपा घर भएका राजकुमार केसी, ललितपुरको च्यासल घर भएका सचिन व्यञ्जनकार र दीपकराज खनाल छन् । खनाल अधिवक्ता समेत हुन् । ठगीमा संलग्न ३ जना आरोपी फरार छन् । गोरखा घर भएका रामचन्द्र खनाल, गुल्मी घर भएका किरणसिंह कार्की र अभिषेकराज खनाल फरार छन् । पीडित सुभद्रा दाहालले २०८१ वैशाखमा राजकुमार केसीलाई भेटिन् । उनले कलङ्कीमा दिव्यज्योती इन्टरनेशनल ल्याङ्गवेज एन्ड कन्सल्टेन्सी चलाएका छन् । ‘अमेरिका पठाउने मान्छे भेटाउँछु’ भनेर उनले रामचन्द्र खनाललाई भेटाइदिए । खनालले ‘अमेरिका पठाउन सक्छु’ भनेर पीडितसँग केही असुल गरे । अनि, बिरामी भएको बहाना बनाएर अनुप सिंहसँग चिनजान गराए ।

त्यस्तै चालक राखेर गाडी चढेर हिँड्ने सिंहले सुभद्रासँग भने– ‘म पूर्वराजाको भान्जा हुँ ।’ अधिकांशलाई ‘राजा’ सम्बोधन गर्ने सिंहलाई सुभद्राले पत्याइन् । सिंह आफूलाई ‘आर्मीको पाइलट हुँ’ पनि भन्थे । राजपरिवारका सदस्यको भ्रमण टिमसँग अमेरिका पठाउने आश्वासन बेचेका सिंहले कहिले न्युजिल्याड र कहिले युके पठाउने सपना देखाए । करिब १ वर्षमा सिंहले मात्रै ९३ लाख नगद आफूसँग लिएको सुभद्राले प्रहरीलाई बताएकी छन् ।

यस्तै रकम असुलेपछि उनी टाढिन थाल्छन् । त्यसपछि उनले गुल्मी घर भएका किरणसिंह कार्की, च्यासलका सचिन व्यञ्जनकार र त्यसपछि अधिवक्ता दीपकराज खनाललाई चिनाए । रामचन्द्रले अभिषेकराज खनाललाई चिनाए । अमेरिका पठाउँछु भनेर ठग्नेमा मुख्य भूमिका सिंह र रामचन्द्र खनालको देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँ छन् ।

सिंह यसअघि पनि पटक–पटक मुद्दा खेपेका व्यक्ति हुन् । उनीविरुद्ध ठगी र वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा मुद्दा चलेको प्रहरीको रेकर्डमा देखिएको छ । सिंहले पीडितसँग च्यासलको भान्सा क्याफे र ललितपुरको महालक्ष्मी स्थानस्थित फेमिली रेस्टुरेन्टमा भेट्ने गरेका थिए ।

सोल्टीमा भोज गर्ने ‘फर्जी’ निम्तो

त्यस्तै आरोपीहरूले पीडितहरूलाई करिब १ वर्ष भ्रममा पारे अनि, रकम असुल गरिरहे । राजपरिवारका सदस्यहरूसँग अमेरिका जाने निश्चित भएको भन्दै उनीहरूले खुसीयाली पार्टी गर्ने भनेर पीडितहरूलाई सोल्टी होटेलमा बोलाए । २०८१ पुस १ मा सोल्टीमा खुसीयाली पार्टी गर्ने भनेर बोलाएको पीडितहरूले प्रहरीलाई बताएका छन् । उनीहरूले जाहेरीमा लेखेका छन्, ‘कालीमाटीको सोल्टी होटेलमा खुसीयाली पार्टी गर्ने भनेर हामीलाई निम्ता कार्ड पनि दिए तर, त्यो सबै फर्जी रहेछ ।’

यस्तै पीडित नम्रता केसीले अमेरिका जान पाउने आशामा ३ लाख ४६ हजार गुमाएकी छन् । सबैभन्दा धेरै रकम सुभद्राले गुमाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । मुख्य आरोपी अनुपले घटनाको सबै जिम्मेवार आफू नै रहेको बताएका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘यसमा अरूको भूमिका छैन, सबै कुराको जिम्मेवार मै हुँ भनेर अनुपले स्विकार गरेको प्रहरीले जनाएको छ ।’

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]