
Gsbg-3
Jsbg-7
Gsbr-6
ksbl-7
Usbl-7
Msbg-2
Rksr-7
Pbu
Jsbr-3
Csbg-7


दाङ । ११५ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भालुबाङ्का महिलाहरुले शनिबार भव्य साथ मनाएका छन् ।
शान्ती बिकास टोल समुहको अध्यक्ष एवम् आपखोली खानेपानीकी अध्यक्ष गोमाया केसिको अध्यक्षता तथा राप्ती गाउँपालिका वडा नम्बर १ का वडाका अध्यक्ष गेम बहादुर खड्काको प्रमुख अथित्यता र नेपाल मगर संघ लुम्बिनी प्रदेशकी भाषिक उपाध्यक्ष इराधा झाक्री मगरको बिशिस्ट अथित्यतामा सम्पन्न भएको अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा प्रमुख अथिती खड्काले हामी पनि कुनै न कुनैआमाका सन्तान हौ,महिला कोता ३३% बाट ५० % मा पुगिसकेको छ । महिलाहरुले चाहेमा सबै चिज गर्न सक्ने बताए ।
शान्ती बिकास तोल समुहको आयोजनामा र भृकुटी महिला बिकास बचत तथा ॠण सहकारीको आर्थिक सहयोगमा भएको अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा शान्ती बिकास टोल,हनुमान गडि बिकास टोल,र आपखोली बिकास टोलका महिलाहरुको सहभगिता रहेको थियो ।
कार्यक्रमको बिचमा बेलुन खेल,सियो धागो खेल र घैंटा फोर लगायतका खेलहरु खेलाएको थियो । जस्मा बेलुन खेलमा प्रथम जोडि जीवन गुप्ता र जयन्ती एम सि,दोस्रो स्थान हुनेहरु कमला केसि सीता केसि ,तेस्रो स्थान हुने होडि भिमा केसि र सरिता भएका छ्न् । यस्तै सियो धागो खेलामा गायत्री सुर्य बङ्सी मगर प्रथम स्थान,साबित्रा पुरी दोस्रो स्थान र बिना केसि तेस्रो स्थान हुन सफल हुनु भएका छन साथै घैंटो फोर खेलमा सरिता बेल्बासे प्रथम,जयन्ती एम्सि दोस्रो,भगवता थापा तेस्रो स्थान हुनु सफल भएका छन् ।
कार्यक्रममा गौतम बुद्ध टोल समितिका उपाध्यक्ष तथा १ नम्बर वडा केशमान पुन मगर ,हनुमान तोलका अध्यक्ष मोहोन जिसि लगायतका अथितिहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन जयन्ती एम्सीले गरेकी थिइन् ।
