
Rksr-7
Pbu
Jsbr-3
Usbl-7
Jsbg-7
Gsbg-3
Csbg-7
Msbg-2
Gsbr-6
ksbl-7


सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली आज सुर्खेत आउँदै छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा आउन लागेका उनले कर्णाली प्रदेश सभालाई विशेष सम्बोधन गर्ने जनाइएको छ ।
सम्बोधनका लागि मुख्यमन्त्री यामलाल कँडेलले यसअघि काठमाडौँ गएर पत्र हस्तान्तरण गरेका थिए । बताइए अनुसार बिहान ११ बजे सुर्खेत आइपुग्ने कार्यतालिका रहेको छ । लगत्तै उनी विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुने छन् ।
त्यस्तै प्रदेश सभा सचिवालयका प्रमुख सचिव जीवराज बुढाथोकीका अनुसार दिउँसो २ बजे बस्ने छ । मुख्यमन्त्री यामलाल कँडेलले प्रधानमन्त्रीलाई स्वागत गर्ने छन् भने लगतै विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । सामाजिक विकासमन्त्री घनश्याम भण्डारीका अनुसार त्यस पश्चात् प्रधानमन्त्री ओलीलाई वीरेन्द्रनगर स्थित प्रादेशिक रंगशालाको अनुगमनमा लिइने छ ।
