
Gsbr-6
Csbg-7
Jsbr-3
ksbl-7
Usbl-7
Gsbg-3
Pbu
Jsbg-7
Rksr-7
Msbg-2


दाङ । देउखुरीको सतबरियामा मोटरसाईकल दुर्घटनामा परेर गम्भीर घाईते भएका गणेश चौधरीको उपचारका क्रममा मृत्यु भएको छ ।
लमही-८ सतबरिया निवासी ३३ बर्षिय गणेशको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाईकिल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
त्यस्तै उनी सँगै सवार सम्पर्क बिहिन भएका बर्ष ४२ का सन्तबहादुर चौधरीलाई नियन्त्रणमा लिएको अमिलिया प्रहरी प्रमुख भवानी प्रसाद धमलाले जानकारी दिए । उनका अनुसार सन्त बहादुरले आफै मोटरसाईकल चलाएको स्विकार गरेका छन् ।
सडक साँघुरो भएको र रातीको समय भएकालेपनि दुर्घटना भएको हुनसक्ने प्रहरी प्रमुख धमलाले बताए । दुर्घटना स्थलमा सडक डिभिजन कार्यालय अन्तरगतको योजनाको काम भईरहेको छ । नाला निर्माणका लागि सडक किनारमा निर्माण सामाग्रीहरु राखिएको थियो ।
