
Jsbr-3
Gsbg-3
Pbu
Usbl-7
Jsbg-7
Gsbr-6
ksbl-7
Rksr-7
Msbg-2
Csbg-7


दाङ । चोरीको आरोपमा एक महिलासहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नम्बर -१ हर्नोकका अन्दाजी २४ वर्षका विज्ञान घर्ती (प्रदिप), चोरीको सामान बेच्न घोराही उप-महानगरपालिका -१५ काठेकोलका ३२ वर्षका विक्रम चौधरी,उहाँको श्रीमति २५ वर्षका प्रतिक्षा केसी र चोरीको सामान किन्ने घोराही उप-महानगरपालिका- १५ भिमसेन टोल बस्ने ४१ वर्षको सदन सुनार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
त्यस्तै फागुन १५ गते विहान १० बजेतिर घर्तीले गिता पुन (वली)को घरमा चोरी गरेको भन्ने निवेदनको आधारमा खोजतलास गर्दै जादा हिजो बुधबार घोराही उप-महानगरपालिका – १७ सिस्नेखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी चक्र बहादुर शाहले जानकारी दिए ।
यस्तै पक्राउ परेका व्यक्तिहरुको साथबाट नगद सहित विभिन्न सामान बरामद गरीएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विक्रम चौधरीको घरको कोठाबाट दुई लाख २२ हजार ६६५ रुपैँया नगद र सुन जस्तो देखिने पहेलो धातुवाट बनेको माला जोडेकोे माईली तिलहरी एक थान बरामद गरीएको छ । पक्राउ परेका सदन सुनारको घरको कोठाबाट स्वरुप परिवर्तन गरीसकेको अवस्थाको सुनको टप एक जोर,सुनको औँठी एक थान र सुनको माईली तिलहरी एक थान बरामद गरेको प्रहरी प्रवक्ता शाहले जानकारी दिए ।
