टेकबहादुर पुन/जिल्ला ब्युरो बिहिबार, फाल्गुण २२, २०८१

दाङ । देउखुरीको लमही-८ सतबरियामा मोटरसाईकल दुर्घटनामा परी एकजना गम्भीर घाईते भएका छन् ।

लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाईकिल गएराती करिब सवा १० बजे लमही नगरपालिका वडा नम्बर ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी लमही नगरपालिका-८ निवासी बर्ष ३३ का गणेश चौधरी गम्भीर घाईते भएका छन् ।

त्यस्तै उनलाई लमहीमा सामान्य उपचार पश्चात् नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी सडक किनारमा पल्टिएको अबस्थामा भेटिएका थिए । गणेश सँगै बर्ष ४२ का सन्तराम चौधरीपनि मोटरसाईकलमा सवार भएको प्रहरीको आंकलन छ । तर उनी सम्पर्क बिहिन भएपछी मोटरसाईकल चालकको पहिचान हुन नसकेको अमिलिया प्रहरी प्रमुख भवानी प्रसाद धमलाले जानकारी दिए ।

यस्तै उनको खोजीकार्य जारी रहेको र थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । सडक साँघुरो भएको र रातीको समय भएकालेपनि दुर्घटना भएको हुनसक्ने प्रहरी प्रमुख धमलाले बताए । दुर्घटना स्थलमा सडक डिभिजन कार्यालय अन्तरगतको योजनाको काम भईरहेको छ । नाला निर्माणका लागि सडक किनारमा निर्माण सामाग्रीहरु राखिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]