
ksbl-7
Usbl-7
Csbg-7
Gsbr-6
Jsbr-3
Msbg-2
Pbu
Gsbg-3
Jsbg-7
Rksr-7


दाङ । मादक पदार्थ सेवन गर्दा भएको विवादमा दाङकी एक महिलाको हत्या गर्ने व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु भनेर चिनिने अजय थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रहरीका अनुसार रुपन्देहीमा सँगै मजदुरी काम गर्ने दाङको लमही नगरपालिका–७ की ४० वर्षीया सङ्गीता चौधरीको हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । दुदैजनाबिच मादक पदार्थ सेवन गर्दा भएको विवादमा महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ ।
यस्तै प्रहरीका अनुसार गत फागुन ८ गते रुपन्देहीको बेथरी–बुटवल सडक खण्डमा पर्ने सियारी गाउँपालिका–२, भगदरी स्थित सडकको किनाराको खेतमा परालले छोपिएको अवस्थामा सङ्गीताको हत्या गरिएको शव फेला परेको थियो । स्निफिङ कुकु रसहितको प्रहरी अनुसन्धान टोलीले उक्त घटनाको अनुसन्धान गरेको आधारमा अभियुक्त थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा डिएसपी सुरज कार्कीले जानकारी दिए ।
त्यस्तै घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको २ वटा ढुङ्गा, मृतकले प्रयोग गर्ने एक थान मोबाइल, चप्पल, टोपी बरामद गरेको छ भने अभियुक्तको साथबाट हत्या गर्दाको अवस्थामा लगाएको पाइन्ट र मृतकले प्रयोग गरेको साइकल बरामद गरेको छ । मादक पदार्थ सेवन गरी झै–झगडाका कारणबाट उनले नजिकै रहेको ढुङ्गाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । दुबैजना मजदुरीको काम गर्नेहरु रहेको खुल्न आएको डिएसपी कार्कीले जानकारी दिए ।
