
Csbg-7
Gsbg-3
Msbg-2
Usbl-7
Jsbr-3
Jsbg-7
Pbu
ksbl-7
Gsbr-6
Rksr-7


सुनसरी । सुनसरीमा मोटरसाइकल दुर्घटनामा परेर एक जना युवकको मृत्यु भएको छ ।
जिल्लाको वराहक्षेत्र नगरपालिका वडा नम्बर –१ रानीखोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १ सय २० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
त्यस्तै हाल नाम, थर वतन नखुलेका करिब ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले को जनाएको छ ।
