
Pbu
ksbl-7
Csbg-7
Jsbg-7
Usbl-7
Msbg-2
Gsbg-3
Jsbr-3
Gsbr-6
Rksr-7


गढवा । होटल ब्यवसाय पर्यटन प्रवर्धनको एक बलियो आधार भएकोले राज्यका निकायहरुको ध्यान जानुपर्ने शनिवार कपिलबस्तुको धानखोलामा भएको कुरामा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । गढवा होटल ब्यवसायी संघको सातौं बार्षिकोत्सव तथा वनभोज कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।
गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्रीको अध्यक्षता र गढवा गाउँपालिकाका प्रमुख यमनारायण शर्मा पोखे्रलको प्रमुख आतिथ्यमा भएको बार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी शर्माले होटल पर्यटकहरुले खाने,पिने र रमाउने दोश्रो महत्वपुर्ण घर भएकोले पर्यटन प्रवर्धनको बलियो आधार भएको बताए ।
राज्यको तर्फबाट होटल ब्यवसायलाई प्रवर्धन गर्न लगानी गरिनु जरुरी रहेको भन्दै होटल एक स्वरोजगारको क्षेत्र भएकोले सरकारको अबधारण अन्तर्गत सामाजिक सुरक्षा कोषमा जोडिन उनले सबै होटल ब्यवसायीहरुलाई आग्रह समेत गरे । गढवा क्षेत्रमा सुविधा सम्पन्न होटल नहुँदा पर्यटकहरुलाई लमही,घोराही पठाउनुपर्ने बाध्यता रहेको उनले बताए । रोजगार र स्वरोजगारमा जोडिनुभएका सबै ब्यवसायीहरु राज्यले ल्याएको सामाजिक सुरक्षा कोषमा जोडिएर आफू र आफ्नो ब्यवसायलाई बलियो बनाउन शर्माले आग्रह गरे ।
कार्यक्रममा बोल्दै होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठले होटल पर्यटन बिकासको बलियो आधार हुँदाहुदै पनि राज्यको नजर नपरेको टिप्पणी गरे । होटल ब्यवसायीहरु बर्षभरी मेहनत गरि कमाएर बर्षमा एकदिन रमाउने पनि गर्नुपर्ने भन्दै बार्षिकोत्सव समारोह एक दिन रमाउने अवसर भएको उनले औंल्याए । शिष्ट, मर्यादित र प्रतिष्ठित ढंगले होटल ब्यवसाय सञ्चालन गर्न जान्यो भने ब्यवसायबाट आर्थिक समृद्धि समेत सम्भव भएको उनको भनाई थियो ।
कार्यक्रममा गढवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाश बसेल, होटल ब्यवसायी महासंघका केन्द्रीय सदस्य तथा लमहीका अध्यक्ष नारायण भुसाल, प्रदेश महासंघका उपाध्यक्ष तथा घोराहीका अध्यक्ष दिपेन्द्र पुन, प्रदेश महासंघका सचिव महेश बेल्वासे,भालुवाङ होटल ब्यवसायी संघका अध्यक्ष सुमन्त भुसाल,गढवा होटल ब्यवसायी संघका संस्थापक अध्यक्ष तथा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा तथा खनाल लिकर्सका प्रोपाईटर राजन खनाल लगायतले बोलेका थिए।
सो अवसरमा गढवा पञ्चैबाजा कला संस्कृति संरक्षण केन्द्र, टोपलाल सुवेदी सागर र २ जना उत्कृष्ट ब्यवसायीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रमलाई प्रायोजन गर्ने दर्जन बढी प्रायोजकहरुलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो । संस्थाका सचिव टोपलाल सुवेदीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव तिलक पुनले गरेका थिए ।

