
Gsbr-6
Rksr-7
Usbl-7
Csbg-7
Gsbg-3
Jsbr-3
ksbl-7
Msbg-2
Pbu
Jsbg-7


धनगढी । कञ्चनपुरमा यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी भारती पक्राउ परेका छन् ।
लालझाडी गाउँपालिका वडा नम्बर–४ का २५ वर्षीय पुष्कर भारतीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत कञ्चनपुरको फैसलाले २०८१ असोज १३ गते यौन दुरुपयोग मुद्दामा ६ महिना कैद र २५ हजार क्षतिपूर्ति सजाय तोकेको थियो ।
तर अदालतको फैसलालाइ नमानेर फरार रहेका भारतीलाइ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले लालझाडी गाउँपालिका वडा नम्बर –६ चान्देव कालागौडीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
