Sidha Patra बुधबार, फाल्गुण १४, २०८१

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल पर्यटनको सम्भावना बढ्दै गएको बताएका छन् ।

दोस्रो कपिलवस्तु तिलौराकोट खुला नकआउट राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने आधार तयार भएकोमा खुसी व्यक्त गरेका हुन् ।

त्यस्तै मुख्यमन्त्री आचार्यले खेलकुद प्रतिस्पर्धा, अनुशासन र पारदर्शिता सिक्ने माध्यम भएकाले यसलाई जीवन पद्धतिसँग जोड्न सकिने उल्लेख गरे । उनले प्रदेश तथा स्थानीय सरकारको सहकार्यमा खेल पूर्वाधारको विकास गर्न सकिने बताउँदै कपिलवस्तुमा रंगशाला निर्माणका लागि सरकारले साझेदारी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै`खेल पूर्वाधार विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा नयाँ खेलाडी उत्पादनका लागि नियमित प्रतियोगिताहरू आयोजना गर्न प्रदेश सरकारले प्राथमिकताका साथ काम गरिरहेको छ,´मुख्यमन्त्री आचार्यले भने, `कपिलवस्तुमा रंगशाला निर्माणका लागि स्थानीय सरकारका प्रमुखसँग मेरो छलफल भइसकेको छ । आगामी वर्षको सम्पूरक बजेटमार्फत यसलाई सम्बोधन गर्न सरकारले आवश्यक पहल लिनेछ । समझदारीका आधारमा यो आयोजनालाई अगाडि बढाउने छौं ।´लुम्बिनी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले कपिलवस्तु जिल्ला फुटबल संघलाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै फुटबल संघका अध्यक्ष तिलक थापाको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थी, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल लगायतको विशेष उपस्थिति रहेको थियो । प्रतियोगितामा विभिन्न आठ समूहले सहभागिता जनाएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]