
Gsbr-6
Jsbr-3
Usbl-7
Pbu
Msbg-2
Rksr-7
Csbg-7
Jsbg-7
Gsbg-3
ksbl-7


काठमाडौँ । नेपाल प्रहरीले पशुपति क्षेत्रबाट ७५ जनालाई नियन्त्रणमा लिएको छ ।
पशुपति मन्दिर परिसरमा शंकास्पद गतिविधिमा संलग्न ७५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए । ‘विगतमा आपराधिक गतिविधिमा संलग्न भएकाहरू, अभद्र व्यवहार गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो’ उनले भने।
त्यस्तै पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ । आपराधिक गतिविधि हुनसक्ने आशंका गर्दै प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।
यस्तै आज महाशिवरात्री पर्व पशुपतिनाथको मन्दिर सहित देशभरका विभिन्न शिवलायहरूमा भक्तजनको घुइँचो लागिरहेको छ ।
