Sidha Patra मंगलबार, फाल्गुण १३, २०८१

रोल्पा । दक्षिणी त्रिवेणी गाउँपालिका वडा नम्बर–६ थुम्कामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

खुकुरीले घाँटीमा प्रहार गरि मंगलबार बिहान घरमै हत्या गरेको प्रहरीले जनाएको छ । गाउँपालिकाको केन्द्र जुगार पश्चिमी थुम्का गाउँकी ३२ वर्षीय अस्मिता बुढा मगरको हत्या भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

त्यस्तै उनका श्रीमान ४० वर्षीय खिमबहादुर बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरि सख्त घाइते बनाएको भनी प्रहरी चौकी जुगारमा खबर पुगेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

यस्तै हत्या आरोपमा खिम बहादुरलाई खुकुरी सहित नियन्त्रणमा लिइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। के कति कारणले हत्या भएको भन्ने अझै खुलेको छैन ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]