
Gsbg-3
Gsbr-6
Jsbg-7
Jsbr-3
Msbg-2
Csbg-7
Pbu
Rksr-7
ksbl-7
Usbl-7


वीरगन्ज । पर्सा प्रहरीले अनलाइन जुवा खेलाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा छापा हान्दा प्रहरीले (सट्टेवाजी) अनलाइन जुवा खेलाउने भारत विहार मोतिहारी थाना ढाका ग्राम देवपुर बस्ने रविशंकर ठाकुरलाई पक्राउ गरेको हो ।
त्यस्तै पर्सा प्रहरी प्रवक्ता सुबास भट्टका अनुसार महानगरको मुर्लीमा घर भाडामा लिएर अनलाइन जुवा खेलाइरहेको सूचना प्रहरीलाई आएको थियो र सोही सूचनाका आधारमा छापा हान्दा ठाकुर पक्राउ परेका हुन् । नियन्त्रणमा लिइएका ठाकुरको साथबाट प्रहरीले विभिन्न कम्पनीका ९ थान ल्यापटप, ल्यापटप चार्जर,राउटर, हेडफोन, पेनड्राइभ, माउससहितका सामानहरु बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै पक्राउ परेका ठाकुरमाथि थप अनुसन्धान गर्न अदालतबाट ५ दिनको म्याद थप गरिएको पर्सा प्रहरीले जनाएको छ ।
