ओमप्रकाश गुप्ता सोमबार, फाल्गुण १२, २०८१

दाङ । देउखुरीकाे राप्ती गाउँपालिका-५ मा अवस्थित शिवसवरी धाम पहरूवामा फागुन १३ गते देखि १५ गते सम्म महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएकाे छ ।

लुम्बिनी प्रदेशकाे स्थायी राजधानी राप्ती उपत्यका अन्तर्गत दाङ देउखुरीकाे राप्ती गाउँपालिका-५ स्थित शिवसवरी धाम स्थल पहरूवामा गत बर्ष जस्तै यस बर्ष पनि फागुन १३, १४ र १५ गते तीन दिनसम्म महाशिवरात्री तथा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम हुन लागेकाे हाे ।

धामकाे स्थापनाकाल स्थापना काल देखि उक्त धाममा प्रत्येक बर्ष महाशिवरात्रीमा धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुँदै आएकाे छ । शिवसवरी धाम महाशिवरात्री धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम मूल आयाेजक समिती गठन गरेर यस बर्ष मेला तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न लागिएकाे समितीका अध्यक्ष मिश्रुलाल चाैधरीले जानकारी दिए ।

मेला अबधिभर राष्ट्रिय तथा स्थानीय कलाकारकाे बेजाेड प्रस्तुति रहने समितीका सचिव तथा सांस्कृितक संयाेजक राजेन्द्र चाैधरीले जानकारी दिए । चाैधरीका अनुसार मेलामा चर्चित थारू गायकहरू रोशन रत्गैयाँ, दोषहरण चाैधरी, गायिका सुष्मा ग्रेस, थारू गायिका डिला घरच्वार, डान्सर राधिका परियार, गायक श्रीधर कडेल, उदघोषक अनुप बुढा, दिपक बर्मा, मोडेल तथा डान्सर पोषण भण्डारी, थारू गायक तथा हास्यकलाकार गाैतम चाैधरी, डान्सरहरू प्रेम चाैधरी, मेघा बोहोरा, रेजिना चाैधरी, नरेन्द्र चाैधरी, ममता चाैधरी, चर्चित जादुगर रमेश गिरी लगायत थारू तथा अन्य संस्कृति झल्किने साँस्कृतिक प्रस्तुति रहने छ ।

मेलामा बच्चाका खेलाैना, विभिन्न गेम आइटमहरू तथा विभिन्न व्यापारिक, पुजा र फलफूलका स्टलहरू समेत रहने कार्यक्रम संयोजक ओमप्रकाश गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार मेला अवलोकन गर्न आउनेले गंगासागरमा डुंगा चढ्न सक्ने, मन्दिरमा पुजापाठ गर्न सकिने छ । मेलामा करिव २५ वटा स्टल रहने छ । भने मेलाबाट संकलित रकम धामको संरक्षणमा खर्च गरिने आयोजकले बताएको छ ।

त्यस्तै मेला अवधिभर तीन दिन धाममा पुजापाठका लागि आउने र सांस्कृतिक कार्यक्रममा सहभागीहरूलाई भण्डाराकाे समेत व्यवस्था गरिएकाे आयाेजकले जनाएकाे छ । यता शिवरात्री पर्व नजिकिए संगै मेला तथा सांस्कृतिक कार्यक्रमकाे तयारी समेत व्यापक बनाईएकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]